५ गते सुर्खेत बन्द

काठमाडाै, २ माघ । नेपाल कम्युनिस्ट पार्टीले आगामि माघ ५ गते सुर्खेत बन्दको आह्वान गरेको छ । ने.क.पा. सुर्खेतका इन्चार्ज ध्रुव र सेक्रेटरी यमराजले बुधवार बज्ञिप्ती जारी गरेर बन्दको आह्वान गर्नुभएको हो । नेपाल कम्युनिस्ट पार्टीको भेरी व्युरो सदस्य गोविन्द योगी र अखिल (क्रान्तिकारी)का सुर्खेत जिल्ला अध्यक्ष कमल सिंह बुढाको रिहाईको माग गर्दै ने.क.पा.ले बन्द आह्वान गरेको हो । बुढा र योगीलाई गत पुस २२ गते बाटोमा हिडिरहेको बेला प्रहरीले गिरफ्तार गरेको थियो ।
ने.क.पा.ले यस अघि पुस २३ गते पनि बिज्ञप्ती निकाले दुबै जनाको रिहाईको माग गरेको थियो । तर उक्त माग पुरा नभएको र लामो समयसम्म बिना कारण आफ्नो पार्टीका नेताहरुलाई हिरासतमा राखेकोले बन्द आह्वान गरिएको ईन्चार्ज ध्रुबले जानकारी दिए ।
उहाँले माघ ५ गतेको बन्द सफल पार्न सबैलाई सहयोग गर्न पनि अपिल गरेका छन । यस्तै अखिल (क्रान्तिकारी)ले पनि गिरफ्तार परेका अाफ्नाे संगठनका सुर्खेत अध्यक्ष कमल सिंह बुढा र पार्टीका व्युराे सदस्य गाेविन्द याेगीकाे रिहाइकाे माग गरेकेा छ । अखिल (क्रान्तिकारी)का भेरी व्युराे संयाेजक पुष्प न्याैपानेले पनि बिज्ञप्ती निकाले बिना सर्त रिहाइकाे माग गरेका छन ।