पूँजीवादमा कमिशन सामान्य – बलराम तिमल्सीना

२०७५ माघ ३ गते, बिहीबार

त्यो कमिशनलाई देशको ढुकुटीमा राख्ने कि घरको पानी ट्याङ्कीमा राख्ने भन्ने मात्रै रहेछ ।पूँजीवाद रहुन्जेल कमिशन त आइरहन्छ । शेर वहादुर तमाङले भने अनुसार प्रति वर्ष कम्तिमा साठीदेखि सत्तरी अरव कमिशन आउँछ । पटक पटक सरकारमा जाने पार्टी र मन्त्रीहरूले कति कति अरब जिप्ट्याए होलान ? अझ स्थायी सरकार भनिने कर्मचारी तन्त्रको गौंडा गौंडाका टाउकेहरूले खरव कटाए होलान ।
यसरी बसी बसी अरवौं लुट्न पाइने भएको कारणले नै त मान्छे पार्टीको नेता बन्न र सांसदको टिकट किन्न ज्यान फाल्छ। सरकारी जागिरलाई त्यसै दुहुनु गाई मानिएको हो रैछ र !
यसरी भित्र भित्रै लुकेर लुटन पाइने व्यवस्था त्यत्तिकै ढल्छ ? कन्चटमा बन्दूकको नाल सोझिएपछि मात्रै बल्ल ओर्लन्छन लुटेरा शासकहरू कुर्सीबाट ।
हात्ती छाप चप्पल लगाएर राजधानी छिरेका नेताहरूको अरवपती रवाफ सव कमिशनले । पचास साठी हजारको जागिर हुने सचिवको अरवपती रवाफ पनि कमिशनले । पच्चीस तीस हजार जागिर भएको भन्सार या एयरपोर्टको कर्मचारीको अरवपती रवाफ पनि कमिशनले ! अव यो कमिशनमा घुष पनि जोड्नोस ।वाफ्रे वाफ !
आफूलाई कम्युनिष्ट पार्टीको सदस्य मानेर कैयन पटक सरकारको नेतृत्व गरेका मन्त्रीहरू !
तिमीहरूको भागको कमिशन खै ? आजसम्म कति भयो ? देशमा च कि विदेशमा छ ? आफ्नै नाममा छ कि अर्काको नाममा छ ? पानी ट्याङ्कीमा छ कि सेफ्टी ट्याङ्कीमा छ ?
ओ माओवादी हुँदै डवल नेकपा हुँदा पटक पटक मन्त्री भएकाहरू ! ओ लोग्ने स्वास्नी पालै पालो मन्त्री बनेका भोका स्यालहरू ! तिमीहरूले पाएको कमिशन के गर्यौ यार ?
पर्ख , एक दिन यस्तो आउने छ अनि तिमीहरू लाज पचाएर भन्न वाध्य हुने छौ-” खै ब्रिफकेशमा हालेर कोसेली भनेर दिन्थे !” हामीलाई त कमिशन भन्ने थाहै भएन र खाइदियौं !”
यो विषयमा काङ्ग्रेस राप्रपाको नकुरा गरौं ।किन कि उनीहरू त कमिशनलाई पवित्र द्रव्य मान्छन। आफूलाई कम्युनिष्ट भन्नेहरूले पनि तिनीहरूलाई उछिने र पो भयो- लज्जा शरणम

प्रतिक्रियाहरु

[anycomment]