डलचोकी सिएन निर्माण सेवामा प्रहरीको छापा

२०७५ माघ ३ गते, बिहीबार

काठमाडाै, ३ माघ । नेपाल प्रहरीको CIB टोलीले ललितपुर महानगरपालिका-१९ लगनखेल ईटीटोलस्थित डलचोकी सिएन निर्माण सेवा प्रालि मा छापा मारेको छ । प्रहरीले उक्त डलचोकी सिएन निर्माण सेवा प्रालि लाई घेरा हाली तालिम प्राप्त कुकुरको प्रयोग गरि छापा मारिएको बुझिएको छ । प्रहरीले उक्त प्रालि मा छापामारी २ थान ल्यापटप , टिपी लिंकको राउटर १ थान लगायतका अन्य सामान बरामद गरेको बताइएको छ । प्रहरीले उक्त प्रालिका कार्यालय सहयोगी दोलखा शहरे गाउँपालिका-७ घर भई हाल पुल्चोक बस्ने २८ वर्षीया लक्ष्मी केसीलाई पक्राउ गरेको बुझिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]