भ्रष्टाचार, चर्को कर असुली तथा बेरोजगारका विरुद्ध युवाहरुको विरोध प्रदर्शन

काठमाडाै, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी निकट यूवा संङ्गठन नेपाल कालिकोटले जिल्लाको सदरमुकाम मान्ममा प्रर्शन गरको छ । हात हातमा रातो झण्डा, र टाउकोमा रातो कफन बाधेका य्ुवाहरुले सदरमुकाममा चर्को नाराबाजी लगाउदै सामाजिक असुरक्षा, भ्रष्टाचार, चर्को कर असुली तथा बेरोजगारका विरुद्ध युवाहरुको विरोध प्रदर्शन पछि प्रतिमाचोकमा कोणसभा गरि बिरोध जनाएका हुन । बिरोध सभामा बोल्दै यूवा संगठन नेपालका केन्द्रिय सदस्य तथा यूरो ईन्चार्ज सितल बिष्टले लामो समय पछिको संघर्षबाट नेपाली जनताले ल्याएको परिवर्तन बिचैमा तुवाएको भन्दै निश्चित मान्छेहरुको बलमा देश भष्टचारको दलदलमा फसेको बताए । आयोजित कार्यक्रममा सम्बोधन गर्दै यूवा संघठन नेपालका केन्द्रिय सदस्य तथा यूरो ईन्चार्ज बिष्टले देशमा नेताहरुको जिवनमा मात्रै परिवर्तन आएको र गरिब निमुखा जनातको जिवनमा परिवर्तन नआएको र अब आफ्नो पार्टीले नयाँ जनबादी ब्याबस्था ल्याएर जनताको शुब्याबस्था कार्यम गर्ने जिक्कीर गरे । यूवा संगठन नेपाल कालिकोटका अध्यक्ष सन्देश बिसिको अध्यक्षतामा सम्पन कार्यक्रमा नेकपाका नेता तथा कार्यक्रताको उपस्थिती रहेको थियो ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल कैलालीले टीकापुरमा विशाल प्रदर्शन गरेको छ । उक्त सङ्गठनले सामाजिक असुरक्षा, भ्रष्टाचार, चर्को कर असुली तथा बेरोजगारी र केपी–प्रचण्ड गठबन्धन सरकारविरुद्ध जिल्लाको सदरमुकाममा शुक्रबार विरोध प्रदर्शन गरेको हो । कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज विवेक कुमाल, युवा सङ्गठनका केन्द्रीय उपाध्यक्ष दिनेश, भूमिहीन सुकुमबासी सङ्घका केन्द्रीय उपाध्यक्ष मिनराज गिरीलगायत नेताहरुले सम्बोधन गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज कुमालले वर्तमान केपी वली नेतृत्वको सरकार गठन भएको केही महिनामै भ्रष्टाचार अन्त्य गर्ने बताए पनि त्यो आफ्नै मन्त्रीहरुले भ्रष्टाचार गर्दासमेत कारबाही नगरेको बताएका छन् । उनले संघीयताको नाममा जनप्रतिनिधिहरू जनतामाथि कर थोपरेर छोटे राज्य खडा गर्दै विलासी जीवन बिताउन लागेको बताउँदै जनतामाथि बढ्दो महँगीको मार थोपरेको पनि बताए । अन्य वक्ताहरूले संविधानमा समाजवादउन्मुख भनिए पनि त्यसको आधारभूत आधारहरु तयार नपारेको दाबी गर्दै लाखौँ युवाहरूलाई विदेशमा बेचिरहेको बताए । तीन हजारभन्दा बढी युवाको सहभागिता रहेको कार्यक्रममा कलाकारको बेजोड प्रस्तुति रहेकाे थियो ।