ने.क.पा.विरुद्ध दुष्प्रचार, पत्रकार आवरणका दलालमाथि निगरानी

२०७५ माघ ५ गते, शनिबार

काठमाडाै, ५ माघ । नेपाल कम्युनिस्ट पार्टीले पित पत्रकारीता गर्ने संचार माध्यम र पत्रकारहरुमाथि निगरानी बढाएको बुझिएको छ । उक्त पार्टीका एक केन्द्रिय सदस्यका अनुसार पछिल्लो समय क्रान्ति घनिभूत रुपमा अघि बढ्दै गएपछि अत्तालिएका सत्तासिन दल , तिनका नेता र कार्यकर्ताहरु सत्ताको जुठो खाएर पत्रकार आवरणका दलाल र सुराकीहरु लाई प्रयोग गर्दै नेपाल कम्युनिस्ट पार्टीमाथि बिष बमन गरि रहेका छन । सरकारी ढुकुटीमा ब्रम्हलुट मच्याउदै आएका संचार माध्यम र पत्रकार आवरणका दलाल र सुराकीहरु प्रयोग गरेर नेपाल कम्युनिस्ट पार्टीमाथि गोयबल्स शैलीले बिष बमन गरिरहेका छन, जुन स्वयम् ति संचार माध्यम र पत्रकार आवरणका दलाल र सुराकीहरुमाथि आत्मघाती हुने निश्चित छ । ‘नेपाल कम्युनिस्ट पार्टीमाथि भ्रामक , कपोल कल्पित र निन्दनीय समाचार लेख्ने र छाप्ने गरेका छन, अब ति समाचारको सत्य तथ्य नपाली जनता सामु पुस्टि गर्नु पर्छ, अन्यथा ति संचार माध्यम र पत्रकार आवरणका दलाल र सुराकीहरुसंग नपाली जनताले हिसाब किताब माग्नेछन र त्यसको पुस्टि गर्न नसके सचेत नपाली जनताले कारबाही गर्ने छन ‘ ति केन्द्रिय सदस्य ले भने।
उनले पछिल्लो समयमा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका विरुद्ध कपोलकल्पित र असाध्यै भ्रामक समाचारहरू प्रसारण भइराखेका छन् । केही दिनअघि मात्र रातो पार्टी अनलाइनले प्रकाण्डलाई विप्लवले धम्काए, नेकपामा गुट आदिइत्यादि समाचार छापिएको थियो । उक्त समाचारको नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले खण्डन गरेको बताउदै माघ ४ गते पुन १२ खरी नामक एक अनलाइनले ‘विप्लव र प्रकाण्डबीच फाटो, हतियार किन्न भारतमा ३ करोड !’ शीर्षकमा अर्को भ्रामक समाचार छापेको मा आक्रोस व्यक्त गरे ।’ पछिल्लो क्रममा केपी वली सरकारले विभिन्न तिकडम र योजना बनाएर दमन गरी उक्त पार्टीलाई सिध्याउने योजना बनाएको थियो । नेताहरूलाई धमाधम गिरफ्तार गराएको थियो । देशका विभिन्न जिल्लाहरूमा झूट्टा मुद्दा लगाएर घुमाएको थियो । त्यसक्रममा प्रकाण्डलगायत केन्द्रीय तहका ११ जना नेताहरू र सयौँ कार्यकर्तालाई गिरफ्तार गरिएको थियो । उक्त दमनका बीचमा नेकपाले पार्टी पुनर्गठन दिवस पारेर गत मङ्सिर ८ गते काठमाडौँमा विशाल प्रदर्शन तथा सभा सम्पन्न गरेको थियो । यसरी नेकपाप्रति जनताको समर्थन बढ्दै जानु र सरकारप्रति वितृष्णा हुनुले सरकारसीनहरू आत्तिन पुगेको उनको ठोकुवा छ ।
अहिले आएर उक्त पार्टीलाई कमजोर पार्न र जनतामा अनावश्यक र असत्य भ्रम फैलाउन योजनाबद्ध तरिकाले सरकारका नजिक रहेका केही सञ्चारमाध्यमहरूले यस्ता हुँदैनभएका समाचारहरू प्रसारण गरेको उनको दाबी छ । उनले भने, ‘यस्ता भ्रामक र कपोलकल्पित समाचारबाट जनता, समर्थक र शुभचिन्तकहरू कोही भ्रमित हुन आवश्यक छैन । जब प्रतिक्रियावादीहरू कमजोर हुन पुग्छन्, जनताबाट उनीहरूप्रतिको विश्वास उड्छ अनि उनीहरू भ्रमको सहारा लिन पुग्छन् । विप्लव र प्रकाण्डका बीचमा त्यस्तो कुनै असमझदारी छैन । जहाँसम्म भारतबाट हतियार किन्ने कुरा ल्याइएको छ यो योजनाबद्ध दमन गर्न रचिएको कुचाल मात्र हो ।’ नेकपाले भारतीय राज्य पक्षलाई साम्राज्यवादी भन्दै आएको छ ।’

प्रतिक्रियाहरु

[anycomment]