अन्तरास्ट्रिय हरियाली मञ्चको अध्यक्षमा सुलोचना मगर

२०७५ माघ ५ गते, शनिबार

काठमाडाै, ५ माघ । अन्तरास्ट्रिय हरियाली मञ्च नेपालको अध्यक्षमा सुलोचना मगर चयन भएकि छन । मञ्चको काठमाडौमा सम्पन्न भएको प्रहिलो महाधिवेशनबाट मगर अध्यक्षमा चयन भएकी हुन् । हरियाली मञ्चले स्थापनाकालेदेखि खेलकुद, वातावरण क्षेत्रमा काम गर्दै आएको छ । सन् २०१५ मा सयौं भुकम्प पीडितलाई आर्थिक तथा भौतिक सहयोग पुर्याएको यो मञ्च त्यतिबेला देखिनै चर्चामा आएको हो । अधिवेशन समाजसेवी दिलशोभा श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।विशेष अतिथी संगीतकार तथा गायक शम्भु राई थिए । अतिथी वक्ता कफि क्लव नेपाल ललितपुरका अध्यक्ष सीता राना थिइन् ।
अधिवेशनले उपाध्यक्षहरुमा धनबीर राई, हेन्खामा साङ्मेन राई, जन्मजय साङपाङ, कोषाध्यक्षमा जयन्ती लावती, सह कोषाध्यक्षमा सरिता लावती, सचिवमा सम्पदा योङ्या र सहसचिवमा सुनिता राईलाई चयन गरेको छ । यसैगरी, सदस्यमा उमेश राई, र रश्मी राई चयन भएको क्लवका संस्थापक अध्यक्ष रमेशचन्द्र राईले बताए । संस्थापक अध्यक्ष राई अभिनेता तथा फिल्म प्रोड्युसर हुन् । उनको अगुवाईमा २०७३ मा यो क्लव स्थापना भएको हो । राजधानीमा भएको अधिवेशनमा भाग लिन ताप्लेजुङ जिल्ला कार्य समितिको प्रतिनिधित्व गर्दै कमल खड्का र संगीता मादेन, झापा जिल्ला कार्यसमितिको प्रतिनिधित्व गर्दै हिलिहाङ लिम्बू र सन्तोष लिम्बू, सुनसरीको प्रतिनीधित्व गर्दै, मनि काङमाङ र रेश्मी मोक्तान र पाँचथरको प्रतिनीधित्व विवेक लिम्बू र विष्णु चाम्लिङ आएका थिए । क्लवका संस्थापक संरक्षक केशवराम राई हुन् ।

प्रतिक्रियाहरु

[anycomment]