बन्दको अवज्ञा गर्ने ट्रकमा आगजनी
काठमाडाै, ५ माघ । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले बन्दको अवज्ञा गरेको भन्दै दुई वटा ट्रकमा आगजनी गरेको छ । आज बिहान रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका २ सत्तरीमा भे ६ ख ७२१३ र बराहताल गाउँपालिकाको बड्डीचौरमा ना ६ ख १७३२ नम्वरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बन्दका कारण सुर्खेतवाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । पुस २२ गते वीरेन्द्रनगरका नेकपा भेरी ब्यूरो सदस्य गोविन्द योगी र अखिल (क्रान्तिकारी) सुर्खेतका अध्यक्ष कमल बुढालाई पक्राउ गरेको थियो । गिरफ्तार परेका कार्यकर्ताहरूलाई निशर्त रिहाईको माग गर्दै ने,क,पा,ले आज सुर्खेत बन्दको आव्हान गरेको हो ।