सुकुम्वासीकाे घर भत्काइए प्रतिरोध गर्ने चेतावनी

२०७५ माघ ७ गते, सोमबार

काठमाडाै, ७ माघ । नेपाल कम्युनिस्ट पार्टी झापाले मेची किनारमा बसोबास गर्ने सुकुम्वासीको वैकल्पिक व्यावस्था बिना घर नभत्काउन आग्रह गरेको छ । भद्रपुर नगरपालिले मेची किनारमा बसोबास गरिरहेका सुकुम्वासीहरुको ८६ घर झुपडी हटाउनको लागि सुचना जारी गरेपछि नेकपा झापाले वैकल्पिक व्यावस्थाबिना उनीहरुलाई उक्त स्थानबाट नहटाउन आग्रह गरेको हो ।
नगरपालीकाले जारी गरेको सुचना प्रती नेपाल कम्युनिस्ट पार्टी भद्रपुर नगर समितीले बिज्ञप्ती जारी गरेर बिना विकल्प सुकुम्वासीलाई घरबारबिहिन बनाईए कडा संघर्षमा उत्रने चेतावनी दिएको छ ।
आज नेकपा भद्रपुरका सेक्रेटरी प्रबिण मिश्रले बिज्ञप्ती प्रकाशीत गर्दै लामो समय देखि त्यस स्थानमा बसोबास गर्दै आएका सुकुम्वासी गरिबहरु माथि नगरपालिकाले यसरी दमन गर्न खोज्नु गलत भएको भन्दै बस्ति खालि गराउनुपूर्व सुकुम्वासीहरुको उचित र बैकल्पिक बसोबासको ग्यारेन्टी गर्न माग गर्नुभएके हो ।
अहिलेको राज्य दलालको सेवक बनेर गरिब सुकुम्वासीहरुको जीवन लथालिङ्ग पार्न उद्धत हुँदै आएको हुनाले यस्तो कृयाकलापले द्वन्द चर्कने विज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा भनिएकोछ, सुकुमबासीहरु माथि दमन गर्दा आफ्नो पार्टिले अन्यत्र स्थानमा गरेको कडा प्रतिरोध जस्तै पुन कडा प्रतिरोध गर्नु पर्ने स्थितिमा पार्टिलाइ नपुर्याउन पनि सचेत गराउदछौ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु