कलाकार गणेश मुनालको निधन

२०७५ माघ ७ गते, सोमबार

काठमाडौं , ७ माघ । वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ। दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका उनको उपचारका क्रममा आज वीर अस्पतालमा निधन भएको हो । मुनालको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलिका लागि राखिएको छ भने माहांकालका स्थायी बासिन्दा मुनालको आजै अन्तिम संस्कार गरिने छ। वरिष्ठ कलाकार मुनालले ‘एक पल’, ‘सेतो बाघ’, ‘शिरीषको फूल’, ‘लभ लभ लभ’, ‘दिदीभाइ’, ‘मिस्टर डन’ सहितका चलचित्रमा अभिनय गरेका छन्। मुनालले पछिल्लो पटक अभिनय गरेको चलचित्र ‘गोपी’ माघ १८ गतेखेखि हलमा आउँदैछ। मुनालका एक छोरा छन् । उनले कयौँ टेलि सिरियलमा पनि आफ्नो अभिनयको जादू देखाएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार