मेलम्चीको बाँकी काम पेटी ठेकेदारलाई दिन सुझाव

२०७५ माघ ८ गते, मंगलवार

काठमाडौं , ८ माघ । इटालियन कम्पनी सिएमसीले मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पारेर स्वदेश फर्किएपछि एसियाली विकास बैंक ( एडीबी)ले बाँकी काम पूरा गर्ने जिम्मा पेटी ठेकेदारलाई दिन सुझाव दिएको छ । एडिबीले आयोजना पूरा गर्ने जिम्मा पेटी ठेकेदारलाई दिन सुझाएको हो । एडीबी र मेलम्ची खानेपानी आयोजना विकास समितिबीच आज भएको छलफलमा सरकारलाई आयोजनामा देखिएको अन्यौल हटाउन पनि तत्काल पेटी ठेकेदारलाई जिम्मा दिनु बाहेकको बिकल्प नरहेको निष्कर्ष एडिबीको छ । तर, सिएमसी कम्पनीबाट सरकार मात्र नभई पेटी ठेकेदार समेत समस्यामा परेको छ । सिएमसीले ठेकेदारलाई समेत रकम भूक्तानी नगरेकाले समिति ठोस निर्णयमा भने पुग्न सकेको छैन ।
सरकारले ठेकेदार इटालियन कम्पनी सिएमसी नफर्कने निश्चित भएपछि मेलम्ची खानेपानी आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ । त्यसका साथै तत्काल आयोजना अघि बढाउनका लागि नयाँ ठेकेदार नियुक्ति गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगिने भएको छ । मन्त्रिपरिषदले मेलम्ची खानेपानी उपआयोजनाको ठेकेदार कम्पनी सिएमसीलाई ‘लेटर अफ टर्मिनेसन’ (एकतर्फी ढंगले ठेक्का तोडेको पत्र) पठाएर काम अघि बढाउने निर्यण गर्न लागेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु