सन्तानको भविष्यका लागि ओढारमा बास !

२०७५ माघ ८ गते, मंगलवार

काठमाडौं , ८ माघ । कालिकोटको पचालझरना गाँउपालिका वडा नं। ७ निवासी ४५ बर्षीया जयबहादुर ऐडी विगत चार बर्षदेखि अ‍ोडारमा बस्दै आएका छन् । जिविका चलाउन भारी बोक्नुको बिकल्प नहुँदा विगत १० बर्षदेखि निरन्तर भारी बोक्ने काम गर्दै आएका ऐडी सन्तानको भविश्यका लागि ओडारमा बसेको बताउँछन् ।
विगत चार बर्षदेखि जितेबजारको किनारमा रहेको चट्टान भित्रको जोखिमयुक्त ओडारमा बास बस्दै आएका छन् । उनलाई थाह छ होटलमा बस्यो भने धेरै पैसा खर्च हुन्छ । उनी कमाएको पैसा जोगाउनकै लागि ओढारमा बस्छन् आफै पकाउँछन् र खान्छन् । लाग्छ । यो ओढार उनको आफ्नै घर हो । उनको थाप्लोको भारी ७ जना परिवारको भबिश्यसँग जोडिएको छ । उनी कहिल्यै नथाक्ने भरियाका रुपमा चिनिन थालेका छन् । जिल्लाको नरहरीनाथ गाँउपालिका र शुभकालिका गाँउपालिकाको सिमानामा पर्ने जितेबजार र लालिघाट बजारमा एक दशकदेखि भारी बोक्दै आएका ऐडीको दिनचरीया भारीसँगै बितिरहेको छ ।
जिते बजार स्थित कर्णाली नदीमाथि बनेको झुलुंगे पुलमा भारी बिसाएर थाकाई मार्दै गरेका एडीले भने, ‘मेरो जिन्दगी नै भारीसंग रमाई रहेको छ ।’ उनलाई उनका बुबा आमाले स्कुल पठाएनन् । उनलाई थाह छ । छोरा छोरीहरुलाई पनि स्कुल नपठाए आफु जस्तै हुन्छन् । आफुले कष्ट गरेर भएपनि छोराछोरीलाई बिद्यालय पठाएको जानकारी दिए ।
पुस माघको कठ्यांग्रीदो जाडो होस् या बैशाख जेठको चर्को गर्मी पनि उनी ५० देखी ९० किलोसम्मको भारी बोकेर आफ्नै सुरुमा निरन्तर यात्रा गरिरहेका छन् । सुसाउदै गरेको कर्णालीको किनार । निर्माणाधिन कर्णाली करिडोरको सडक । जीते बजारको छेउमा चट्टानसँग जोडिएको जोखिमयुक्त ओडार उनका साहारा जस्तै हुन लाथेका छन् अचेल । ४ छोरा एक छोरीका पिता सन्तानलाई सुनौलो भबिश्यक दिन तथा उनीहरुको लालन पालन र शिक्षाका लागि निरन्तर भारी बोक्नुपर्ने बाध्यता छ ।
विगत चार बर्षदेखि जितेबजारको किनारमा रहेको चट्टान भित्रको जोखिमयुक्त ओडारमा बास बस्दै आएका छन् । उनलाई थाह छ होटलमा बस्यो भने धेरै पैसा खर्च हुन्छ । उनी कमाएको पैसा जोगाउनकै लागि ओढारमा बस्छन् आफै पकाउँछन् र खान्छन् । लाग्छ । यो ओढार उनको आफ्नै घर हो ।
उनको जेठो छोरा बसन्त ऐडी काठ्माण्डौमा बिएडमा अध्यायनरत छन् । अन्य छोराछोरी गाँउमै रहेको पंगेलीदेवी मावि नुवाघरमा पढ्दै आएका छन् । भारी बोकेरै महिनामा ४५ हजारसम्म कमाउने गरेको बताए ।
‘मेरो बाल्यकाल कालापहाड गएरै बित्यो । त्यहाँबाट कमाएर ल्याएको पैसाले परिवारको एक जोर कपडा फेर्न बाहेक अरु केही पुग्दैन थियो ।’ आफ्नो बिगत सुनाउदै भने । जतिबेला नुन लिन समेत कैलालीको चिसापानी पुग्नुपर्ने थियो । तर २०६३ सालमा कालिकोट हाट आएपछि यही भारी बोक्न सुरु गरे ।
उनका गाँउमा धेरै जमीन छैन् । भएको थोरै जमीनमा खडेरी लाग्छ उब्जाउ हुँदैन । परिवारको छाक टार्नकै लागि पनि बजारको चामल थाप्लोमै बोकेर घर पु(याउनु पर्ने वाध्यता छ । २० बर्षको उमेरदेखी भारी बोक्दै आएकी अहिले ४५ बर्षका भए । उमेर बढेकाले होला उनलाई अहिले सानो भारी बोक्दा पनि गा-हो हुन्छ ।-कर्ण बिश्वक्रर्मा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु