कालिकोटमा हिमपात संगै चिसो बढ्यो

२०७५ माघ ९ गते, बुधबार

काठमाडौं , ८ माघ । कालिकोट लगायत मध्य पश्चिमका धेरै ठाउँमा वर्षा र हिमपात भएपछि चिसो वढेको छ । कालिकोट लगायत मध्य सुदुर पश्चिमका सवै ठाउमा वर्षा भइरहेको छ भने पहाडी जिल्लामा हिमपातका कारण जनजिवन कष्टकर वनेको छ । वर्षाले तरकारी र गहुँ बाली लाइ फाइदा भएपछि किसान खुसि छन । भारी हिमपातका कारण कतिपय लेकाली क्षेत्रमा मानिसहरु घरबाट बाहिर निस्कन सकेका छैनन् । जिल्लाको रास्कोट, चिलखाया, मुम्रा लगायतका क्षेत्रमा हिमपात भएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार विहानै देखि लगातार पानी परे पछि कर्णाली राजमार्गमा यातायातका साधनहरु कममात्रामा संचालन भएका छन् । जिल्ला सदरमुकाम आसपासका हिमालहरुमा बाक्लो हिँउ जमेको छ । यस्तै जिल्लाका अन्य उच्च भागमा पनि भारी हिमपात भएको छ । गएराति देखि हिमपात सुरु भएपछि अधिकांश विद्यालयहरु बन्द गरिएका छन् । यस्तै उच्च भेगमा भएको हिमपातले पशुचौपायालाई समेत कठिनाइ भएको स्थानीय बासिन्दाले बताएका छन् । कर्णालीका कालिकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला लगायतका जिल्लामा समेत उच्च भेगहरुमा भारी हिमपात भएको प्रहरीले जनाएको छ ।
हिमपात भएपछि स्थानीय बासिन्दा घरभित्रै आगो तापेर बसेका छन् । सरकारी कार्यालयहरु खुलेको भए पनि जाडो बढेका कारण कालिकोटमा कर्मचारीहरु कार्यालयमा नै आगो तापेर बसेका छन् । सेवाग्राहीको उपस्थिति एकदमै न्यून रहेको छ । हिमपातले जनजीवन कष्टकर भए पनि स्थानीय किसानहरुले भने केही राहत महशुस गरेका छन् । वर्षासँगै भएको हिमपातले खडेरीका कारण सखाप हुन लागेको बाली सप्रिने आश उनीहरुले गरेका छन् । हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरूको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् । यो समयमा बालबालिकाहरुमा निमोनिया र वृद्धवृद्धाहरूमा दम, श्वासप्रश्वाससम्बन्धी समस्या देखिनसक्ने भएकाले तातो तथा झोलिलो खानेकुरा खानुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । यसअघि गत पुसको अन्तिम साता र मंसिर अन्तिम साता पनि मध्यपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको थियो । अहिले पश्चिममा पानी पारेको पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले अहिले देशभरीकै मौसम बदली भएको र उच्च हिमाली क्षेत्रमा हिमपात भैरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार आज देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने संभावना छैन । विशेषगरी दिउँसो पश्चिममा पानी र हिमपात भए पनि राति भने काठमाण्डौसहित मध्य र पूर्वको केही ठाउँमा पनि मेघगर्जनसहित पानी पर्ने उहाँको अनुमान छ । तर ठूलो पानी भने नपर्ने उहाँले बताउनुभयो । यो प्रणाली बुधबार बेलुकीसम्म नै सक्रिय रहने भएकाले बिहीबारदेखि मात्रै मौसममा सुधार आउने उहाँको अनुमान छ । पानी पर्नुका साथै हिमपात पनि हुने भएकाले मंगलबार र बुधबार पदयात्रामा ननिस्कन मौसमविद् कँडेलको सुझाव छ । यस्तै हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्दा पनि सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ -कर्ण बिश्वक्रर्मा

प्रतिक्रियाहरु

[anycomment]