जनसत्ताले दलालहरुलाई कारबाही गर्छ : वीरजंग

काठमाडौं , ९ माघ । युवा संगठन नेपाल पाल्पाको दोसो्र जिल्ला भेला तानसेनमा सम्पन्न भएको छ ।आईतबार ,नेपाल कम्यूनिष्ट पार्टी निकट युवाहरुको जिल्ला भेलामा नेकपाका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी व्यूरो इन्चार्ज चन्द्र बं। चन्द“विरजंग” को प्रमुख आतिथ्यतामा सम्पन्न भएका छ ।
कार्यक्रममा बोल्दै ईन्चार्ज विरजंगले युवाहरुलाई सम्बोधन गर्दै उनले , ‘हाम्रो युवा संगठनमा गोलबन्द भएको देखेर भारतीय नेपाली दलालको सत्तामा घण्टी बजेको भन्दै सरकार प्रति आका्रेस पोखेका छन् ,हिजो गोर्खाली युवाहरु भनेर चिनिने आज विदेशिहरुको गल्ली गल्लीमा पलायन भएर आत्मसर्मपणकारी गुलाम बन्नुपरेको छ ,यो राज्य सत्ताको उचित निति नहुदा यस्तो अवस्थाबाट गुज्रिन बाध्य भएको छ र यस्तो राज्यसत्ताको विरुद्धमा आम सचेत युवाहरुले विदो्रह गर्न जरुरी भएको बताएका छन् । साथै यसको नेतृत्व नेकपाले सञ्चालन गरिरहेको एकिकृत जनक्रान्ती मार्फत आम युवाहरुले राष्ट्रियताको विषयमा आवाज उठाउदा,भ्रष्टचारी ,देशदा्रेही, कमिशनखोरी ,बलत्कारी,हत्यारा ,अपराधीहरुलाई जनताहरुले कार्वाही गर्दा आफुहरुलाई मुद्धा लगाउने गरेकोले अब उनले यस्ता तत्वहरुलाई संरक्षण गर्ने दलाल सत्ताको मतियारहरुलाई जनसत्ता मार्फत चिहानबाट ब्यूँतेको नयाँ जनमुक्ती सेनाले कार्वाही गर्ने बताएका छन ।
उक्त कार्यक्रममा युवा संगठनका केन्द्रिय सदस्य तथा लुम्बिनी ब्यूरो संयोजक पृथ्वीको विशिष्ट अतिथि,नेकपाका लुम्बिनी ब्यूरो सदस्य विश्वाश,नेकपा पाल्पाका सेक्रेटरी भुवन जि।सी।,अखिल ९क्रान्तीकारी० पाल्पाका अध्यक्ष मुक्ती गैरे,अखिल नेपाल शिक्षक संगठन पाल्पाका अध्यक्ष विजय बुढाथोकी मगर,अखिल नेपाल किसान महासंघ क्रान्तीकारीका जिल्ला संयोजक टोपराज बस्याल लगाएतको आतिथ्यता रहेको थियो ।
भेलाले नारायण के.सी. को नेतृत्वमा १९ सदस्य जिल्ला कार्य समिति १२१ प्रतिनिधि,पर्यवेक्षक बिचबाट निर्वाचित गरेको छ । भने कार्यक्रममा जिल्लाको सबै ईलाका र क्षेत्र बाट प्रतिनिधिमुलक उपस्थिति रहेको थियो ।
कार्यक्रम संगठनका संयोजक नारायण जि।सी।को अध्यक्षता ,सदस्य पे्रम बहादुर सारुको स्वागत मन्तव्य तथा जनक शाहीको सञ्चालनमा सम्पन्न भएको थियो । – प्रवेश पन्थी