भ्रष्टाचार, कमिसन र अनियमितता नरोकिए कडा संघर्ष

२०७५ माघ ११ गते, शुक्रबार

काठमाडौं , ११ माघ । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको पुर्वी क्षेत्रमा अभियान २ शुरु गरेको छ । नरहरिनाथ गाँउपालिकाको लालुमा गत शनिबार संङ्गगठन सुढृडिकरण तथा विस्तार अभियान २ का लागि गठन भएको टोलिले बिहिबारवाट कालिकोटको पुर्वी क्षेत्र भर्ता छातिबाट भित्ते लेखन सहित आफ्नो अभियान लाई तिब्ररुपमा शुरु गरेको हो । अर्जुन बिश्वक्रर्माको अध्यक्षता, पुर्वी कालिकोट अभियान टोलिका कमान्डर आर्जनको प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरि रणदिप एडि, कमान ईन्चार्ज रमेश चदारा, शुनिल बिश्वक्रर्मा र शिक्षक संघ कर्णाली ब्यूरो संयोजक निर्भिकको बिषेश आतिथ्यता रहेको थियो । कार्यक्रमा बैल्दै अभियान टोलिका कमान्डर आर्जनले प्रतिक्रियाबादी सामाजिक दलाल सरकारले गरिरहेको भ्रष्टाचार, कमिसन र अनियमितता नरोकिए कडा संघर्ष गर्ने चेतावनि दिएको नेकपाले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]