मौसम बदली, वर्षा र हिमपातको सम्भावना

२०७५ माघ ११ गते, शुक्रबार

काठमाडौं, ११ माघ । मुलुकभर मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुनुका साथै अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए । उनकाअनुसार पश्चिम र मध्यक्षेत्रका केही स्थानमा हल्कादेखि मध्यमखालको हिमपातको सम्भावना रहेको छ । राति देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै, शनिबार (भोलि) मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि केही बढी नै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौंको न्यूनतम् तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै, जुम्लाको तापक्रम माइनसका झरेको छ । -रासस

प्रतिक्रियाहरु

[anycomment]