प्रधानमन्त्री ओलीलाई कालो झन्डा

२०७५ माघ १२ गते, शनिबार

काठमाडौं , १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझन्डा देखाइएको छ । स्विजरल्याण्डको डाभोस सम्मेलनमा सहभागी भइ स्वदेश फर्किएका ओलीलाई नेविसंघका नेता कार्यकर्ताले एयरपोर्टमा कालो झण्डा देखाएका थिए । संसदीय मर्यादाविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेर सरकार अधिनायकवादी बनेको विरोधमा नेवि संघ विरोधमा छ । विद्यार्थी नेताहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए । आन्तरिक टर्मिनल नजिकै नेविसंघका कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
नेविसंघले चिकित्सा शिक्षा विधेयकको विरोधमा सरकारविरुद्ध प्रदर्शन गर्दै आएको छ । एयरपोर्टकै अति संवेदनशिल क्षेत्रमै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेताहरु शुसिल भट्ट, निरञ्जन थापा, सुवास घिमिरे र सुदिप अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु