ने. क. पा. कालिकोटको संगठन सुढृडिकरण तथा विस्तार अभियान दैलेख प्रस्थान

२०७५ माघ १३ गते, आईतवार

काठमाडौं , १३ माघ । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको पुर्वी क्षेत्रमा संचालन गरेको संगठन सुढृडिकरण तथा विस्तार अभियान टोलि भित्ते लेखन, अन्तरक्रिया छलफल गर्दै कालिकोट वाट दैलेख प्रस्थान गरेको छ । दैलेखको पिपलकोटमा कोणसभा गरि आफ्नो अभियानलाई दैलेखमा पनि शुरु गरेको छ । कोणसभामा बोल्दै अभियान टोलिका कमाण्डर आर्जन उप्रेतिले काण्डै काण्डले भरिएको सरकारले जन अपेक्षा पुरा गर्न सकेन र जनाताले वैकल्पिक शक्ति रोज्नु पर्ने वताए । कोणसभामा कर्णलि व्युरो सदस्य तथा कालिकोट जिल्ला सेक्रेटरि रणदिप ऐडि, कमान नं ६ का ईन्चार्ज रमेश चदारा, शुनिल विश्वकर्मा, महिला संगठनका जिल्ला सदस्य छाया शुनार तथा युवा संगठन जिल्ला सदस्य कल्पना मल्ल लगाएतको सहभागिता रहेको थियो । जिल्लामा २ वटा क्षेत्रवाट संचालन भईरहेको अभियान सफलतापुर्वक अगाडि बढिरहेकाले आम नागरिकलाई सहयोग गर्न समेत कर्णालि व्युरो सदस्य ऐडिले अपिल गरेको मुग्राह गाँउ कमिटिका ईन्र्चाज प्रेम धितालले बताए । -कर्ण बिश्वक्रर्मा

प्रतिक्रियाहरु

[anycomment]