बाँध भत्किँदा संख्या ४० को मृत्यु , ३ सयभन्दा बढी बेपत्ता

२०७५ माघ १३ गते, आईतवार

काठमाडौं , १३ माघ । ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या कम्तिमा ४० पुगेको छ । घटनामा ३ सयभन्दा बढी बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । बेपत्ता भएकाहरुको जिवितै उद्धारको सम्भावना न्यून भएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् । मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो गएपछि बाँध फुटेको र ठूलो क्षति भएको हो । उद्धारकर्मीहरुले ५० जनाको उद्धार गरिएको जनाएका छन् । मिनासका गभर्नर रोमेउ जेमाले उद्धार प्रयास भइरहे पनि घटनामा परेकाहरु जिवितै पाइने आशा झिनो बनेको बताए ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]