खान मिल्ने कपडा !
काठमाडौं, १५ माघ । उत्तर कोरियाले जहाजमा यात्रा गर्ने, पर्वतारोही लगायतका अतिरिक्त क्रियाकलापमा रुची भएकाहरुका लागि नयाँ किसिमका विशेष कपडा सार्वजानिक गरेको छ जसमध्ये कतिपय खान योग्य रहेको बताइएको छ । यसरी कठिन यात्रामा गएका बेला कोही पनि भोकै नमरुन् भन्ने उद्देश्यले यस्तो ज्याकेट उत्पादन गरिएको बताइएको छ । उत्तर कोरियास्थित खाद्य तथा दैनिक उपभोग्य वस्तुको मन्त्रालयसँगको सहकारितामा किमको वस्त्र अनुसन्धान केन्द्रले यस्तो क्याटलग राखेको बताइएको छ ।
ती कपडामा प्रयोग भएका नक्कली फ्लानेलका फ्याब्रिकमा प्रोटिन, एमिनो एसिड, म्याग्नेसियम, फलको रस, आइरन, क्याल्सियम जस्ता खाद्य वस्तु मिलाइएको हुँदा यसले भोकमरीबाट बचाउन सक्ने बताइएको हो । यसरी सजिलै पानीमा घुल्न सक्ने भन्दै यी कपडाको प्रचार गरिएको छ । उत्तर कोरियाको अत्याधिक चिसो मौसमसँग लड्नकै लागि देशले बाक्लो ज्याकेटहरु बजारमा उपलब्ध गराइरहेको बताइएको छ ।
यसमा विभिन्न मोडलहरुले स्मार्टफोन र पुरुषका ब्यागहरु लिएर पोज गरेको प्रचार देख्न सकिने बताइएको छ । हाल सो ब्याग प्योङयोङका सबै पुरुषहरुमाझ अत्यन्तै लोकप्रिय रहेको उत्तर कोरियाली टुर फर्म सञ्चालन गर्ने अलेक सिग्लेले संचार एजेन्सी मिररसँग बताएका हुन् ।
यस्तै एकथरी लुगाका ‘इन्टेलिजेन्ट’ बाउलाले भने ग्राहकको स्वास्थ्य अवस्था र शरीरबारे समेत जानकारी गराउन सक्ने दाबी गरिएको छ । यसमा महिलाहरुका लागि विभिन्न ज्याकेट र गुसी भर्जनका सस्ता ब्यागहरु पनि समावेश गरिएको छ ।