स्कुल जाने उमेरका बालबालिका भारी बाेक्न बाध्य !

२०७५ माघ १६ गते, बुधबार

काठमाडाैँ , १६ माघ । कालिकोट जिल्लाको सदरमुकाम मान्म संग जोडिएको जिते वजारमा दिनहु बालबालिका यस्तै बरियो वोकेर भारी खोजिरहेको देख्न पाइन्छ । स्कुल जाने र झोला वोक्ने यो कलिलो उमेरमा यहाँका बालबालिका दैनिकी चलाउनका लागि वजारमा बरियो वोकेर भारी खोजिरहेका हुन्छ । सर्खेत नेपालगन्ज वाट कालिकोटका रास्कोट नगरपालिका, पलाँता, पभालझरना, सान्नी त्रिवेणी र नरहरीनाथ गाउपालिका, वाजुराका बिभिन्न वस्तीमा जाने नागरिकहरुले घर लैजान ल्याएको समान जितेको पुलपारी गाडी चढ्ने लालीघाट सम्म पुगाउन यिनै बालबालिकाले सस्तो मुल्यमा भारी वोकिरहेका हुन्छन ।
घर खर्च चलाउन र आफ्नो शरिर ढाक्नका लागि यि बालबालिका हरुले दैनिक स्कुल नगएर भारी अर्थात पल्लीधारी गर्नु परेको खाँडाचक्र नगरपालिका वडा नं २ मान्मका ११ वर्षिय अनिल दर्जिले वताए । दर्जि कक्षा ५ मा पढ्छन । घरमा कमाउन मान्छे कोही नभएका कारणले घरको खर्च चलाउन र आफ्नो शरिर ढाक्ने लुगा किन्ने पैसा कमाउनका लागि स्कुल भन्दा यस्तै पल्लीधारी काम उनको रहर नभएर वाध्यता भएको छ । स्कुलमा भन्दा वर्षमा धेरै समय भारी वोकेर बिताउने गरेको उनको भनाई छ । साविकको भर्ता गाबिसको छहरा जितेवाट भारी वोकेर लालिघाट सम् मभारी वोक्न थालेको अनिलको ३ वर्ष बितिसकेको छ । ९ वर्ष देखि भारी वोक्न थालेका अनिल अहिले त निकै वलिया भईसकेका छन ।
आज भोली एकै पटक तीन सय सम्मको भारी वोक्ने गरेको अनिलले वताए । खाँडाचक्र नगरपालिका वडा नं २ कै गैरीगाउ र सान्नीत्रिवेणी गाउपालिका वडा नं १ को रकु सेरीज्युलाका स्कुले वालवालिका बिषेश गरेर छहरा जितेवजारको समान ढुवानीका माध्यम वन्दै आएका छन । ठुला मान्छेले भारीको उचित मुल्य लिने भएकाले आउजाउ गर्ने यात्रुले पनि भारी वोकाउने वढि बालबालिका प्रयोग गदै आएका छन । वालवालिकालाई थोरै पैसा दिएर भारी वोकाउन पाईने भएकाले धेरै पर्यटक तथा यात्रुले बालबालिका हरुलाई आफ्नो समान वोकाउने गरेको जितेमा होटल ब्यवसाय गदै आउनु भएका पहल शाहीले वताए । यसरी भारी वोक्ने सबै बालबालिकाहरु दलित समुदायको रहेको उनको भनाई छ ।
जग्गा जमिन नभएका कारणले उत्पादन हुने कुरा भएन । त्यसैमा पनि खेती गर्न निकै झनझटिलो मान्ने गरेकाले पनि छाक टार्नका लागि भारी वोक्नु पर्ने त्यो समुदायको वाध्यता हो । राज्यले भुमिहिनहरुकालाई भुमि प्रदान गर्ने र स्कुल भन्दा वाहिर रहेका वालवालिकाहरुलाई स्कुलमा अनिवार्य भर्ना गर्ने अभियान ल्याएपनि त्यो प्रभावकारी कार्यन्यन हुन नसक्दा यस्तो समस्या हुदै आएको जानकारहरुको भनाई छ ।- कर्ण बिश्वक्रर्मा ।

प्रतिक्रियाहरु

[anycomment]