मालपोतका कर्मचारीलाई कालोमोसो !

२०७५ माघ १६ गते, बुधबार

काठमाडाैँ , १६ माघ । जिल्ला मालपोत कार्यालय सर्खेतका सुचना अधिकृत नरबहादुर घर्तीलाई कालोमोसो दलिएको छ । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिगले उनलाई कालोमोसो दलेको हो । सुर्खेतका युवा नेता हिमाल शाहीले दिएको जानकारी अनुसार भ्रष्ट कर्मचारीको रुपमा बदनाम घर्तीलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको हो । उनलाई युवा लिगको टोलीले ३ ः ३० मा कालोमोसो दलेको शाहीले बताए । वाडबडी घोटालाका मुख्य दोषी सुगतरत्न कंसकारलाई कालोमोसो दलेर भ्रष्टाचारीमाथि कारबाही थालेको क्रान्तिकारी युवा लिगले देशैभर यो अभियान चलाउने बताउँदै आएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]