आफ्नै देशको खुफिया एजेन्सीप्रति ट्रम्पको आक्रोश

२०७५ माघ १७ गते, बिहीबार

काठमाडाैँ , १७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै देशको खुफिया एजेन्सीलाई इरान मामिलामा अनुभवहिन भएको आरोप लगाएका छन् । उनले उत्तर कोरियालाई लिएर गरिएको आँकलनलाई पनि खारेज गरेका छन् । राष्ट्रपति ट्रम्पले एक ट्वीट गर्दै इरानसँग सावधान रहनु पर्ने र खुफिया अधिकारीहरु फेरी पनि स्कुल जानुपर्ने भन्दै असन्तुष्टि जनाएका छन् ।
अमेरिकी खुफिया अधिकारीहरुले विश्वव्यापी सुरक्षा खतरालाई लिएर गरेको आँकलनमा इरानले परमाणु हतियार बनाउन छोडेको उल्लेख गरेका थिए । राष्ट्रपति ट्रम्पले यही निचोडमा आफ्नो प्रतिक्रिया दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटमामा इरानको रणनीतिमा अमेरिकी खुफिया अधिकारी अन्जान र गलत भएको उल्लेख गरे । उनले इरान अहिले पनि संभावित खतरा र संघर्षको स्रोत बनेको आरोप लगाएका छन् । खुफिया अधिकारीहरुले उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई छोड्ने संभावना नरहेको बताएका थिए । नेस्नल इंटिलिजेन्सका निर्देशक ड्न कोट्स र अन्य खुफिया प्रमुखहरुले गत मंगलबार सिनेटसमक्ष विश्वव्यापी खतरा आँकनलसम्बन्धी रिपोर्ट प्रस्तुत गरेका थिए । गतबर्ष राष्ट्रपति ट्रम्पले सन् २०१५ मा अमेरिकाले इरानसँग गरेको ऐतिहासिक परमाणु सम्झौताबाट बाहिरिने घोषणा गरेका थिए ।
यो कदमको अमेरिकाभित्रै मात्र नभएर पुरै विश्वले आलोचना गरेको थियो । गत बर्ष नै ट्रम्पले उत्तर कोरियासँग राजनीतिक सम्बन्ध सुधार गर्नेमा ठोस कदम उठाउँदै उत्तर कोरियाली नेता किम जोङ् उनसँग भेटवार्ता गरेका थिए । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]