प्रधानमन्त्री ओलीको पुत्ला दहन

२०७५ माघ १८ गते, शुक्रबार

काठमाडौं, १८ माघ । नेपाल विद्यार्थी संघ ताप्लेजुङले सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोध गर्दै नेविसंघले प्रदर्शनसहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।
सदरमुकाम फुङलिङको पुरानो बैंक लाइनबाट विरोध जुलुस निकालेको नेविसंघले विरेन्द्रचोकमा पुगेर पुत्ला जलाएको हो । कार्यक्रममा नेविसंघका जिल्ला अध्यक्ष विश्व नाल्बोले सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको, मुलुकका विभिन्न ठाउँमा भएका बलात्कार र हत्याजस्ता जघन्य अपराधमा संलग्न रहेकाहरुलाई कारबाही गर्न नसकेको आरोप लगाए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु