अखिल क्रान्तिकारीद्वारा आन्दोलनको घोषणा, २४ गते शैक्षिक आमहड्ताल

२०७५ माघ १८ गते, शुक्रबार

काठमाडौं, १८ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक गिरफ्तारीको बिषयलाई लिएर क्रान्तिकारीले आन्दोलनका कार्यक्रम चरणबद्ध घोषणा गरेको हो । अखिल क्रान्तिकारीले आज रिर्पोटस क्लवमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरन्जीवी ढकालको हस्ताक्षरमा बितरण गरिएको प्रेस विज्ञप्तिमा २०७५ माघ २०७५ माघ २० गते प्रत्येक क्याम्पस/शैशिक संस्थामा विरोध प्रदर्शन गर्ने, २०७५ माघ २१ गते प्रत्येक जिल्लामा विरोध र्याली तथा कोणसभा गर्ने, २०७५ माघ २३ गते देशब्यापी मशाल जुलुस गर्ने र २०७५ माघ २४ गते देशब्यापी शैक्षिक आमहड्ताल गर्ने उल्लेख छ ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई बिहीबार बेलुका विराटनगर विमानस्थलबाट प्रहरीले गिरफ्तार गरेको थियाे।

प्रतिक्रियाहरु

[anycomment]