नेबानीले सिधै जापान उडान भर्ने
काठमाडौं, २० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले फागुन महिनाभित्रै जापानी शहर ओशाका उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणले निगमलाई विमान सञ्चालन अनुमतिपत्र प्रदान गरेसँगै जापान उडानका लागि बाटो खुलेको हो । प्राधिकरणले निगमको ए ३३० वाइड बडी विमानलाई काठमाडौँ ओशाका उडानका लागि अनुमति दिएको हो । निगमले आगामी चैतभित्रै चिनियाँ शहरहरूमा समेत उडान सुरु गर्ने योजनामा छ । निगमले हाल नयाँ दिल्ली, बंगलोर, मुम्बई, मलेसिया, सिंगापुर, बैंकक र कतारको उडान गर्दै आएको छ ।
चीन, दक्षिण कोरिया र साउदी अरबमा निकट भविष्यमै उडानका लागि निगमले प्रयास गरिरहेको छ । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग अहिले दुई वटा वाइड बडी, एक न्यारो बडी र एउटा बोइङ विमान छ