नरेन्द्रलाई तत्काल रिहा गर्न माग गर्दै देशभर बिरोध सभा

२०७५ माघ २० गते, आईतवार

काठमाडौं, २० माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकको गैरन्यायिक गिरफ्तारीको विरुद्ध देशभर बिरोध सभा सम्पन्न भएको छ । गत शुक्रबार चरणबद्ध आन्दोलनको घोषणा गरेको अखिल क्रान्तिकारीले केन्द्रीय समितिले घोषणा गरे को कार्यक्रम अनुसार आज देशभर बिरोध सभा सम्पन्न गरेको बताइएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई बिहीबार बेलुका विराटनगर विमानस्थलबाट प्रहरीले गिरफ्तार गरेको थियो ।
बिरोध सभामा वर्तमान शिक्षाको निजीकरण ,व्यापारीकरण,दलालीकरण,चरम ब्यक्तिवादी मनोवृती भएका मानिस उत्पादन गरिरहेको शिक्षाको अन्त्य गरी नेपालका सम्पुर्ण जाती,क्षेत्रीय ,लिङ्गिय,वर्गिय उत्पीडनमा परेका गरिब,किसान,मजदुर आदि सबै विद्यार्थी को शैक्षिक अधिकारका लागि अखिल क्रान्तिकारीले संघर्ष गरिरहेको बताइएको छ । अखिल क्रान्तिकारी शिक्षा प्रणालीमा भएका विद्यार्थीका सम्पुर्ण समस्या समाधान गर्न निरन्तर क्रियाशिल रहेको र देशमा राजनितिक भागबन्डा शिक्षामा दलालिकरण अन्य गर्न प्रतिबद्ध भएको बताइएको छ । साथै उनीहरुले क्रान्ति र क्रान्तिकारीहरुसँग वर्तमान सरकार अत्तालिएको ठोकुवा गर्दै ‘यहि भएर विभिन्न झुटा मुद्दा सृजना गरेर र षड्यन्त्र रचेर फसाउने नियतले नरेन्द्र विकलाई गिरफ्तारी गरिएको ठोकुवा गरे । जब दलालहरु क्रान्ति र क्रान्तिकरीहरुको विरुद्धमा हर प्रकारका षड्यन्त्र र दमन तिव्र बनाउँछन् तब उनीहरुको चिहान खन्ने काम त्यहीँबाट सुरु हुने भएकोले वर्तमान सरकार आफ्नो चिहान आफैँ खन्दै गइरहेको बिरोध सभाका बक्ता हरुले बताएको बुझिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]