‘ प्रचन्ड र वावुराम कायर नेता ‘

२०७५ माघ २१ गते, सोमबार

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीका नेता नविन बिश्वक्रर्मा हितमानले क्रान्तिवाट कायर हुनका लागी प्रचन्ड र वावुरामलाई नेता नवनाएको वताए । उनले जनताका सबै आसालाई छटक्कै छोडेर संसदिय ब्यवस्थामा पतन हुन दश वर्षे जनयुद्ध नभएको भन्दै जनताका सपना पुरा गर्न जनयुद्ध भएकाले त्यसको पुर्णता नेकपाले गर्ने वताए । बिश्वका बिभिन्न देशमा वसेर माओबादीको नेतृत्व गरेका नेताहरुले वर्ग संघर्षको पिडा नवुझेका कारणले क्रान्तिलाई धोका दिएको वताए । जनयुद्धले अन्तीम रुप लिदै केन्दीय सत्ता कब्जा गर्ने नजिक पुगेका वेला सबै नेताहरुलाई नेपालमा आएर प्रत्येक्ष नेतृत्व गर्न वोलाउदा एक दुई वटा लडाई हेर्दा आतिय सान्ती वार्ताको नाममा जनयुद्धलाई बिश्राम गरेको वताए । उनिहरुलाई खाराको लडाईमा सामेल गराउदा लडाई ठुलो भयो, असफल पनि भयो र क्षति पनि भएका कारणले उनिहरु लडाई कठिन रहेछ भन्दै सान्तीको वाटो रोजेर नेपाली जनतालाई धोका दिएको आरोप लगाए । उनले त्यही मानसिक्ताले गर्दा वावुरामले प्रचण्डलाई भने लडाई र्हानुको कारण कार्यनिति वेठिक भएको भन्दै दक्षिणपन्थी वाटोमा लगाउन सफल भएर आज एमालेमा पतन हुन पुगेको वताए । नेता बिश्वक्रर्माले रकुमा आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सम्मेलनको उद्दघाटन सत्रलाई सम्वोधन गदै सो कुरा वताउएका हुन् । अधिकाँस समय जनयुद्धको इतिकास वारेमा खर्चेका नेता ब्शिवक्रर्माले समाज रुपान्त्रणको शक्ती अव नेकपाको बिकल्प कुनै पनि नभएको वताए । कार्यक्रमका बिषेश अतिथि महिला अखिल नेपाल महिलासंघ क्रान्तीकारीकी केन्दीय अध्यक्ष वन्दु चन्दले महिलाले अव ३३ प्रतिसतमा मात्र सिमित होइन ५० प्रतिसत महिला सहभागीताका लागि लड्नु पर्ने वताईन । उनले त्यो अधिकार नेकपाले प्रदान गर्ने भएकाले सबै महिलालाई गोलवन्द हुन आवाहान गरिन । जिल्ला सम्मेलन तयारी समितिका संयोजक राधिका शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य आकाश, अखिल नेपाल महिला संघका कार्णाली संयोजक कलशा बिश्वक्रर्मा शान्ती, जिल्ला पार्टी सेक्रेटरी मनिलाल ऐडी, लगाएतका नेताहरुको सहभागीता रहेको थियो । यस्तै नेकपाले जिल्लाको भर्ता गाबिसमा रहेको जनज्योती माबिमा शिक्षक तथा बिद्यार्थी बिच अन्तरक्रिया गरेको छ । अभियान टोली कमान्डर आर्जन उप्रेती लगाएतका नेता तथा कार्यकर्ताले नेकपाको अवको योजना र आन्दोलनको कार्ययोजनाका वारेमा शिक्षक तथा बिद्यार्थीलाई जानकारी गराउदै सहयोग गर्न आवाहान गरेको एरिया नं ६ का इन्चार्ज रमेश चदाँराले जानकारी दिए । बिद्यालयमा जैसि अधिकारीको अध्यक्षतामा २३ सदस्यि बिद्यार्थी संगठनको गठन समेत गरिएको छ ।-कर्ण बिश्वक्रर्मा

प्रतिक्रियाहरु

[anycomment]