‘चुनाव अघि आश्वासन बाड्छन्, जितेपछि सुकुम्बासी बस्तीमा डाेजर चलाउछन्’

काठमाडौं , २३ माघ । नेपाल कम्युनिस्ट पार्टी द्वारा मेचिमा सञ्चालित संगठन सुदृढिकरण तथा बिस्तार अभियानको २२अाै दिन पाँचथर जिल्लाकाे मिक्लाजुङ्ग सप्तमी बजारमा सामना साँस्कृतिक परिवारकाे बेजोड प्रस्तुति सहितको जनसभा सम्पन्न गरेको बताइएको छ ।
सामना परिवारका केन्द्रीय सहसंयाेजक अाराेह नेपालीको सञ्चालन, पाँचथरका जिल्ला पार्टी इन्चार्ज दर्शनको सभाध्यक्षता र जिल्ला सचिव पेम्बा शेर्पाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमलाई अभियान टाेली प्रमुख तथा पार्टीका पाेलिट ब्युरो सदस्य कमरेड अाेम प्रकाश पुनले संबाेधन गरेका थिए । संबाेधनकाे क्रममा नेता पुनले बर्दिया र कैलालीमा केपि अाेलिकाे दलाल पुजीवादी सरकारले सुकुम्बासी बस्तिमाथि बरबर दमन गरि बस्ती उठाएकोमा त्यसको घाेर भर्त्सना गरे । अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष समेत रहेका नेता पुनले नेपालमा करिब ६० हजार जनता भूमिहीन सुकुम्बासी छन् तर दलाल राज्यले केवल तिनलाई भाेट बैंकको रुपमा मात्रै प्रयोग गरेको छ । चुनावको बेला भाेट देउ जग्गा दिम्ला भनेर हरेक संसदवादी पार्टीका उम्मेदवारले भाेट माग्छन् तर जितेर गएपछि तिनै पार्टीका दलालहरु डाेजर लिएर सुकुम्बासी बस्ती भत्काउन अाउछन् ।
पुर्वी नेपालकाे झापा लगाएका जिल्लामा पनि सुकुम्बासी समस्या चर्को छ । अहिले त झन भूमाफिया र जग्गा दलालहरुले सुकुम्बासी बस्तिहरु जालझेल गरि उठिबास गराउदै छन् र त्यसमा दलाल सरकार, त्यसको मालपोत कार्यालय र अदालतहरुले कथित कागजि कानुनको भरमा दलालहरुकाे पक्षमा काम गरि सुकुम्बासी उठिबास गरिरहेका छन् । हाम्रो पार्टी त्यसको डटेर सामना गर्न तयार छ र अब त्यसको बदलामा जनसत्ता मार्फत हस्तक्षेप गर्ने बाध्य हुदैछ । दलालहरुले बर्दियामा त्यस्तै गरेका छन् । जसको हाम्रो पार्टी घाेर बिराेध गर्दछ र दलाल केपी अाेलिकाे सरकारलाई सुकुम्बासी माथिको दमन र ज्यादती तत्काल राेक्न चेतावनी दिन्छ । यदि कथित कम्युनिस्ट नाममात्रको केपी अाेलिकाे दलाल सरकारले सुकुम्बासी लगाएत देशका सबै उत्पिडित जनतामाथि यहीँ प्रकारको दमन चक्र चलाउदै गएमा हाम्रो पार्टी त्यसको शसक्त प्रतिकार गर्न बाध्य हुनेछ, जसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं दलाल राज्य हुनेछ । सम्मृद्ध नेपाल र सुखि नेपाली काे नारा दिएको कथित केपि अाेलिकाे सरकारले कंगाल नेपाल र दुखी नेपाली बनाएको छ । यसको बिकल्प बैज्ञानिक समाजवाद हाे ।
स्थानीय जनता, ब्यापारी , बुद्धिजीवी , शिक्षक, बिद्यार्थी र सुरक्षाकर्मीकाे उपस्थित रहेको जनसभामा सामना साँस्कृतिक परिवारले विभिन्न पस्तुतिहरु प्रस्तुत गरेको थियोे । कुमार धामी र लक्ष्मण तामाङकाे अभियान टाेलिले अाज नै युवा बर्ष माध्यमिक बिद्यालय साराङ डाँडामा बिवस थापामगरकाे अध्यक्षतामा १७ सदस्यीय अखिल क्रान्तिकारीकाे बिद्यार्थी इकाई समिति गठन गरेको छ ।