देशभरका शिक्षण संस्था बन्द

२०७५ माघ २४ गते, बिहीबार

काठमाडौं २४ माघ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले आज देशभरिका शिक्षण संस्था बन्द गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि क को गैरन्यायिक गिरफ्तारीको विरुद्ध आज देशभरिका शिक्षण संस्था बन्दको आह्वान गरिएको बताइएको छ । अखिल क्रान्तिकारीको बन्दले राजधानीसहित देशभरका निजी तथा सरकारी शिक्षणसंस्था पूर्ण रुपमा बन्द भएका छन् ।
प्रहरीले गत माघ १७ गते अखिल क्रान्तिकारीका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि क मोरङबाट पक्राउ गरेको थियो । अखिल क्रान्तिकारी सुनसरीको जिल्ला भेला गरेर काठमाडौं फर्कने क्रममा केन्द्रिय कोषाध्यक्ष नरेन्द्रलाई प्रहरीले गिरफ्तार गरि झुठो मुद्दा चलाएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]