काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा बर्षा

२०७५ माघ २४ गते, बिहीबार

काठमाडौं २४ माघ । आज विहानैदेखि काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा वर्षा भैरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले अहिले काठमाडौं उपत्यकासहित पश्चिम क्षेत्रमा वर्षा भइरहेको हो। यो प्रणालीको असर पश्चिमबाट विस्तारै पूर्वतर्फ पर्ने र वर्षा हुने महाशाखाको भनाइ रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, पानी पर्ने र रोकिने क्रम चलिरहे पनि यो प्रणालीको असरले पश्चिम क्षेत्रमा शुक्रबारसम्म पानी पर्नेछ।
काठमाडौंलगायत देशका पूर्वीभेगमा भने शनिबारसम्मै यसको प्रभावले वर्षा भइरहने महाशाखाको अनुमान रहेको छ। पश्चिम भागमा शुक्रबारसम्म पानी पर्ने र रोकिने क्रम चले पनि काठमाडौंसहित पूर्वी भेगमा शनिबारसम्म नै यसको असरले वर्षा भैरहने महाशाखाले जनाएको छ। सुदूर पश्चिमका जिल्ला दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानमा भने अहिले हिमपात भइरहेको छ । हिमपातपछि त्यहाँको जनजीवन प्रभावित भएको छ।

प्रतिक्रियाहरु

[anycomment]