आज पञ्चदान पर्व
काठमाडौं, १८ भदौ – आज भाद्रकृष्ण तृतीया अर्थात पँजरा अर्थात पञ्चदान पर्व। काठमाडौं, भक्तपुर, किर्तीपुर, साँखु, ठिमी, बनेपा, पनौतिलगायतका ठाउँमा बौद्ध धर्मावलम्वी नेवारहरुले पँजरा अर्थात पञ्चदान पर्व मनाइँदै छ ।प्रत्येक वर्ष भाद्रकृष्ण तृतीयाका दिन बौद्ध धर्मालम्वी नेवारहरुको ठूलो पर्व पञ्चदान साँस्कृतिक उत्सवका रुपमा मनाउने परम्परा छ ।
बौद्ध धर्ममा दानधर्मको ठूलो महत्व छ । बुद्धत्व प्राप्तगर्न आवश्यक दश पारमितामध्य दानपारमिता पनि एक हो । यस दानपर्वलाई कसैले पञ्चदान भन्ने गर्छन भने कहिँ पँजदान पनि उल्लेख गरिएको पाइन्छ ।
यस दिन धान, ग हुँ, सानो केराउ, नुन, फलफूलगरि पाँच प्रकारका अन्न दान गर्ने भएकाले यस पर्वलाई पञ्चदान भनिएको हो । तर नेपाल बौद्ध परिषदका अध्यक्ष महीश्वर बज्राचार्यका अनुसार यस पर्वको वास्तविक नाम पँजदान हो ।