भारतको हेपाहा प्रवृतिबिरुद्ध उत्रन अपिल
काठमाडौं, २४ माघ । नेपाल कम्युनिस्ट पार्टीले भारतको हेपाहा प्रवृतिबिरुद्ध उत्रन आम जन समुदायलाई अपिल गरेको छ । उसले भारतले कञ्चनपुरको पुनर्वासलगायत सीमा क्षेत्रमा आफूखसी विभिन्न संरचना निर्माण गरिरहेको प्रति आपत्ति जनाउदै सो अपिल गरेको हो । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरका सचिब परिवर्तनले एक विज्ञाप्ति जारी गर्दै भारतले कञ्चनपुरको पुनर्वासलगायत सीमा क्षेत्रमा आफूखसी विभिन्न संरचना निर्माण गरिरहेको र कतै सीमा अतिक्रमण त कतै दशगजामा संरचना निर्माण जस्ता गतिविधिले भारतको ‘हेपाहा प्रवृत्ति’लाई प्रष्ट पारेको जनाउदै भारतीय ज्यादतीविरुद्ध आवश्यक कदम नचाल्नुले नेपाल सरकारको निरीहता दर्शाएको ठोकुवा गरेका छन । उनले भारतको हेपाहा प्रवृति बिरुद्ध उत्रन आम जन समुदायलाई अपिल समेत गरेका छन ।