के पी र प्रचण्डबीच शित युद्ध

२०७५ माघ २६ गते, शनिबार

काठमाडौं, २६ माघ । बादशाह नेपोलियन बोनापार्टले भनेका थिए “यदी तिमी शत्रुलाई पराजीत गर्न चाहन्छौ भने उसगँ हात मिलाउनु पर्छ ” यो भनाई दश बर्षे लामो द्धन्दको क्रममा आतककारी र प्रतिकृयावादीको आरोप लगाउदै आएका दुई शक्ति माओवादी र एमालेबीचको बाम गठबन्धन हुदै एकता कतै यही नीतिको अदृष्य चक्र त हैन ? यसको खास रहस्य के हुनसक्छ ?
केही दिन अघि वामपन्थी मुलुक भेजेजुएलामा बैधानिक रुपले निर्वाचीत राष्ट्रपति निकोलस मदुरोको विरुद्ध अमेरीकी दलाल गुएडो स्वघोषित अन्तरीम राष्ट्रपति बने पछि उत्पन्न अमेरीकी हस्तक्षेप विरुद्ध ससार विभाजित बन्यो । अमेरीका सहित केही मुलुक मदुरो विरुद्ध उत्रिए भने रुस, चीन, टर्की लगायतका राष्ट्रहरु मदुरोको पक्षमा । यो तरंग नेपाली राजनीतिमा पनि आयो यसमा नेकपाका अध्यक्ष प्रचण्डले वक्तव्य जारी गरेर अमेरीकाको बिरोध गरे । त्यस पछि रिसाएको अमेरीकाले प्रचण्डको भनाई र सरकारको धारणाबारे सोध्यो ।
यस क्रममा नेकपामा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले उखान टुक्काकै शैलीमा अमेरीकी राजदुतलाई टंग स्लीप ( जिब्रो चिप्लिएको ) भनेर जवाफ मात्रै दिएनन् , बुधबार राति जनतासगँ प्रधानमन्त्री नामक कार्यक्रममा नेपाल टेलिभिजनबाट पनि टंग स्लीपकै रुपमा संकेत मात्रै गरेनन् पार्टी अध्यक्षको रुपमा समेत सवोधन नगरी एक जना साथीले वक्तव्य दिनु भयो त्यसको आवस्यकता थिएन समेत भन्न भ्याए ।
त्यसको भोलीपल्ट चितवनमा अलि कडा मुद्रामा अध्यक्ष प्रचण्डले भेजेजुएला प्रकरणबारे आफूले दिएको बक्तव्यको रक्षा गर्दै त्यसलाई सचिवालयले अनुमोदन गरीसकेको र कुनै एउटा व्यक्तिको भनाईको अर्थ नहुने भनेर ओलीलाई साकेतिक रुपमा कटाक्ष गरे ।
त्यस पछि यो एक अर्काको विरोध अलि अर्को कडा संकेतका रुपमा शुक्रबार आयो । एउटा किताव बिमोचन गर्ने क्रममा राजधानीमा प्रचण्डले पुरानै संरचना ब्युताउने, ऐन, कानुनहरु पुरानै ल्याउने तिर गएको देखिएको भन्दै त्यस्तो स्थिति आए अर्को माओवादी जन्मिन सक्ने र झन ठूलो युद्ध हुन सक्ने चेतावनी दिए ।
वास्तवमा त्यस्तो माओवादी जन्माउने र झन ठुलो युद्ध गर्ने तागत प्रचण्डसगँ छ त ? या कसले त्यस्तो स्थिति ल्याउन सक्छ ? या उनले ओलीसगँ आफ्नो स्टाटस मेन्टेनका लागि दिएको मनोवैज्ञानिक दवाव हो ?
यस अघि सरकारको बचाउ गर्दै आएका प्रचण्ड एकाएक किन यसको विरुद्ध उत्रिए ? यसले विलम्ब भईरहेको पार्टी एकता प्रकृया सरकारको विपक्षमा देखिएको आन्तरीक तथा बाह्य जनमत प्रभावित हुने गरी चलेको कोल्ड वार अन्ततः को बढी हावी हुने या कसले कसलाई कमजोर बनाउने भन्ने रहस्यसगँ सम्बन्धित त छैन ?
यसको परिणाम दुवैका लागि सकारात्मक देखिदैन । प्रचण्ड कुनै पनि उपायद्धारा सत्तामा आउने मनोविज्ञानमा देखिन्छन भने ओली प्रचण्डलाई आफू हुदा हुदै पार्टी या सरकार कुनै पनि पोजिसनमा माथि जान दिने मनस्थितिमा छैन । यसैको पक्ष विपक्षमा चल्ने जुहारी र खेलले पूर्व एमाले र माओवादी खेमाको रुपमा सत्तारुढ नेकपा कमजोर बन्दै जाने देखिन्छ । -सिर्जना तिम्सिना

प्रतिक्रियाहरु

[anycomment]