धर्म परिवर्तनको प्रमुख कारण र समस्या – संसार सेन पृथक

२०७५ माघ २७ गते, आईतवार

हरेकले हरेक समस्या कारणमा नखोजी कार्यमा मात्रै चारैतिर हामीले समस्या खोजने र घटनाको उत्ताउलो अपब्याख्याले समाजमा समस्या समाधान होइन दोन्दको भुमरी बिकराल बन्दै जान्छ जस्को परिनाम विश्वभरी देखियका प्रमुख घटनाको ज्वलन्त उधारण छन । खासगरी धर्म भनेको मान्छेले मान्छेलाई गर्ने सद्भाव र सहयोग हो अझ समुदायमा असभ्य क्रियाकलाप नहोस् भनेर सभ्य समाज निर्माणका लागि बनाइएको नैतिक नियम हो त्यहीँ नैतिक नियमलाइ निरन्तर निरंतरता दिदै पुस्तौपुस्ता सम्म मानिएको नियमितता नै सनातन हो । बर्तमन बिश्वमा धर्मलाई आर्थिक सामाजिक रूपमा देखिएको समस्यासग जोडेर नयाँ यङ्गलबाट हेर्दा राज्यसत्ता र समुदायबिचमा देखिएको सम्बन्ध र विभेधलाई प्रमुख कारण मान्नसकिन्छ । धर्मको आडमा गरिब र उत्पीडित समुदायमाथी राजयले गरिने विभेद र समुदायमा राज्यबाट गरिएको दमनका कारण कित त्यो राज्य समाप्त हुन्छ कि त त्यो देशमा यथावत सनातन धर्मको बिलोप र समाप्तिको दिसाम जान्छ । झन्डै साडे आठसय बर्षको पुरानो बर्णश्राम ब्यबस्था र त्यतिबेला सिमित समुदायको सुरक्षा र सासकले जनतामाथि गरिएको अत्याचारको निरन्तरताको कारण बिद्रोह र विकल्प खोज्दै गएको देखिन्छ यस्ता समस्या धर्मको कारण समुदाय मार्फत समुदायमाथी राज्यको आडमा गरिएको अत्याचारनै प्रमुख कारण हुन ।
हिन्दुधर्म र धर्मपरिवरित समुदाय
खासगरी संसार भरिमा जतिसुकै हिन्दुधर्मालम्बिहरु छन् उनीहरुमा धर्मपरिवर्तनको धेरै लहर चलेको देखिन्छ धेरैभन्दा धेरै दक्षिण एसियाली मुलुकमध्ये भारतमा र नेपालमा बढ्दो मात्रामा देखिन थलेको छ प्रतिसतको आधारमा भारतमा मात्रै हिन्दु धर्म परित्याग गरेर कृष्टानिटी हुनेहरुमा जम्मा जम्मी संख्यको ६०५ दलित र उत्पीडित समुदायमात्रै देखियको छ त्यस्तै नेपालमा पनि हिन्दु सनातन धर्म परिवर्तन गरेर कृष्टानिटी हुनेहरुको जम्मा संख्याको ६५५ दलित र उत्पीडित समुदाय बाकी गरिबहरु देखिन्छन्् यसको मुल कारण हिन्दु धर्मको नाममा पुरत्याइ गर्ने पुरोहित र पण्डितले राजयको आडमा जबर्जस्त उत्पीडित जाती र समुदायमाथी जातीय भेदभाव र उत्पिडन गरेको कारण उत्पीडित समुदायले विकल्पको खोजी गरेको देखिन्छ नेपालमा बिषेशगरी १९१० सालमा जङ्ग बहादुरले ल्यायको मुलुकी ऐन र त्यसैलाई २०२० सालमा राजाले परिमार्जित जातिय बिभेदको यथावत राख्नुले अझ राजा र रानाहरुको हुकमिसैलिमा जातीय भेदभाव छुवाछूत ब्यबस्थापनगर्न राज्यको पुरै सेना प्रशासनलाई साम दाम दण्ड भेदलाइ प्रयोग गरेर सामाजिक रूपमा भेदपुर्न बिभाजन गराउने र कथित तल्लो जात र समुदायलाई वर्गीकरण गरेर जातिय तथा बर्गिय उत्पिडनको सुरुवात गरियो त्यसैको परिनाम हिन्दुधर्मालम्बी समुदायको उत्पीडित जाती र बर्गबाट धर्म परिवर्तनको विकल्प खोजिएको यथार्थ हो। रानाकाल हुँदै पन्चायत बहुदल र बर्तमन लोकतान्त्रिक गणतन्त्रको यो अबस्थामा पनि निरन्तर जातीय विभेद र जातियताको आधारमा वर्गीय विभेद राज्य र राज्यमा देखियको ब्राह्मणबादी सोच र चिन्तनै प्रमुख समस्या बनेको हो वर्तमन समस्या भनेकै हिन्दू धर्मको पाखण्डित अपब्याख्या गर्ने मन्दिरका भट्ट पुजारी र तिनको कुकिर्तिलाई राज्य र कानुले सजायको सट्टा राजयनै संरक्षकत्वको भुमिका बनेको कारण उत्पीडित जाति र समुदाय माथी परेको नकारात्मक प्रभावनै प्रमुख कारण बनेको छ । नेपालमा यतिबेला धर्मावलम्बीको धर्माअन्तर परिवर्तनको सिलसिला हेर्नेहो भने अन्य देशहरूको तुलनामा तीब्रतम गतिमा देखिन्छ यो राजनीति तथा सामाजिक संस्कृतिक रूपमा हेर्दा राष्ट्र र समुदाय बिसर्जनको दिसामा जानू हो अहिलेसम्मको तथ्यांकअनुसार नेपालमा सवा चारलाखको हाराहारीमा १.४१५ हिन्दुधर्मालम्बिहरु कृष्टानिटी भएको देखिन्छ जसमध्ये ६५५ दलित र ३५५ बर्गिय रूपमा ब्राह्मणबाट दलितको जस्तै व्यबहारमा परेका बर्गीय रूपमा उत्पीडित छेत्री ब्राह्मण पनि परेका छन् यसको मुख्य कारण राज्यको कानुन जातिय तथा बर्णाश्रम अनुकूल हुनुनै मानिएको छ । धार्मिक बिभेदले बिचलन बिद्रोह र बिसर्जन एकै साथ बोकेर ल्याउने गरेको हुन्छ भन्ने कुरा तत्कालीन शाह ज्यादी हुदै तथा बर्तमन शासकहरुसम्म आइपुदासम्म अनबिग्यता देखियो जसको प्रतिफल नेपाली राज्य व्यवस्था नै अस्थिरता साबित भएको छ । धार्मिक रूपमा सासित समुदाय वर्न, जात लिङ्गीय र वर्गको आधारमा सोषन गर्दै र विभेद गरेको कारण हिन्दुधर्म विलयको दिसाम गएको हो । संविधान र कानुनमा जात र वर्णको आधारमा कोडगरेर लेख्नुनै हरेक विभेद र विभाजनकारी ब्यबस्थाको निरंतरता हो स्वयं कानूनी रूपमा पुरानो रज्यसत्ताको पुनर ताजकिको प्रारुप हो।हरेक समुदायको आफ्नै प्रमप्रा र आत्मिक संस्कृतिक छन् त्यसलाई स्वतन्त्रताको अनिवार्य छ सँगै महिला दलित तथा भुमिहिन समुदायलाई नैसर्गिक अधिकारको प्रत्याभूति दिलाउनु लोकतन्त्रको कर्तव्य हो ।
कृष्टानिटी र इसाइ मिसन
हरेक राष्ट्र तथा समुदायको आफ्नै रिति रिवाज र नैतिक आदर्श हुन्छन् जसका नैतिक मुल्यमान्यता एकले अर्कोलाई प्रभावित पारेको हुन्छन्् त्यस्तै यतिबेला युरोपेली तथा अमेरिकी समुदायलाई इस्लामी तथा हिन्दु समुदाय मन नपरेको कुरा यथार्थ हो जसलाई निस्तेज र बिलयको लागि बिश्वब्यापी रूपमा इसाई मिसन एउटा नयाँ अदृश्य तवरले देखापरेको छ जसले इसाईको प्रचारप्रसार र त्यसको सुरक्षाको लागी उत्पीडित गरिब राष्ट्र र समुदायमा राजनीति दल जातिय लिङ्गीय मुक्ती मानवअधिकार स्वास्थ र शिक्षाको माध्यमबाट मात्रै एक खरब चालीस लाख संघसंगठनका रूपमा कृयासिल छन् जसको उद्देश्य सारा पृथ्वी भरिलाई इसाइकरन गर्नु र ओपन समाजको संसारको निर्माण गर्ने रहेको छ नेपालमा मात्रै तिनवटा राजनीति दल र सातहजार जति इसाई प्रचारक धर्मको सस्थाहरु जिवित रूपमा कृयासिल छन् तिनका दुईवटामात्र फाउन्डेसन फादर मोन र जर्ज सोरस हुन भर्खरै मात्र नेपाल्मा सम्पन्न एसिया प्यासिफिक सम्मेलन मदरमुनको सस्थापनि एउटा शक्तिशाली संगठन हो त्यस्मा परिचालित सबै बौद्धिक बिचलनकारी हुन । दक्षिण एसियामा पूर्वीय सभ्यताको बिलोपिकरनको लागि भारत तथा नेपाल लाई मुख्य केन्द्रबिन्दु बनाएका छन् । प्रोटेस्टिक इसाई धर्मालम्बिलाई समेत निषेध गरेर राष्ट्रमा लागु गरेको सेकुलार सिस्टमनै नेपाली समुदायको नैतिक बिसर्जन गराउने हो । आर्थिक मन्दी र राजनीति अस्थिरता निम्ताउन धार्मिक द्वन्द र घृणाको राजनीतिले समुदाय प्रशिक्षण गराउने उनीहरुको प्रमुख लक्ष्य रहेको छ । पहाडी समुदायमा आदिवासी जनजाती र खस समुदाय बीचमा मुलबासी र दक्षिण भारती मुलुकका समुदाय बिचको चेतन उत्प्रेरित गराएर खसहरुलाई भारती मानसिकता र आदिवासी जनजाती मङ्गोली मानसिकता उत्पादन गराएर घृणा उत्पादन गराउने इसाई एनजीओ मिसन देखिन्छ त्यस्तै हिमाली छेत्रमा बसोबास गर्ने समुदायलाई तिब्बती मुलुकका हुन भनेर अर्को घृणा पैदा गराउन खोजिदै छ त्यस्तै तराई बासी समुदायलाई तिमीहरू धोती लाउछौ हिन्दी बोल्छौ काला छौ भारती मुलुकका समुदायनै हौ भनेर छेत्रीय घृणा पैदा गराउने र नेपाललाई कहिले पनी जोड्न नसकिने गरि बिसर्जन गराउने इसाइमिसन र उसका फाउन्डेसन एनजीओहरु लागिपरेका देखिन्छन्् यतिबेला मुख्य हतियार हिन्दुधर्म नै उत्पीडित जाती र बर्गको प्रगतिको बाधक हो भनेर त्यो मिसन तयारी गर्दैछन् त्यसैमा हिन्दुका गुरु र पुरान बाचकले ब्राह्मणबादी छुद्र चिन्तनबाट माथी उक्लिन नसकी पुरानै सैलिको पुरान घोकाएर राजसंस्थाको बुइ चढेर सागर तैरन खोज्नु र राज्यको हतियार प्रयोगमा आफ्नो रजाइ गर्न खोज्ने सैलिको कल्पनाले हिन्दु समाको अर्को बिसर्जन गराउने तयारी बाहेक अरु हुनै सक्दैन । हिन्दु धर्मलम्बिहरुले नेपाली समाजमा सयाँै धर्म सस्कार जिबित छन् र त्यस्को पनि नैतिक आदर्श छ त्यो आदर्शको संमान गर्नुपर्ने हुन्छ बर्णश्रमकै आधारमा भौगोलिक बनोटको आधारमा जातिय भेदभाव र घृणा दृष्टिकोणले हेरिरहनु हँुदैन धर्ममा सबैको सम्मान अधिकार हुन्छ भन्ने चिन्तन र बैचारिक अबधारनाको बिकासबिना बिसर्जन र बिलयको विकल्प देखिदैन ।
नेपाली समुदायमा उत्पीडित जाति महिला र उपेक्षित समुदायमा हजारौं बर्षदेखि थोपरेको निहित बर्गले लगाउदै आएको कोर्समा नयाँ परिवर्तन नगर्दा सम्म वर्तमन समस्या भन्दा बिकराल बन्ने छ किनकी उपेक्षित समुदायमा हामीलाई कुनै अलौकिक शक्तिले उपेक्षित बनाइएको होइन हामीलाई तत्कालीन राज्य ब्यबस्था र त्यसको संम्रछेनमा हुर्केको कानुनी संस्कार नैतिक आदर्शले उपेक्षित बनाइएको हो भन्ने चेतनाको बिकास भएको छ जातिए तथा बर्गीय चिन्ताको संविधान त्यसैको मोडलमा बनेको कानुन र प्रतिपादित सरकार दोषि हो जसको मुक्तिको लागि कुनै ब्याक्तीले समुदायले धर्म परिवर्तन गर्ने नभएर राज्यको संविधानमा परिवर्तन त्यस्बाट प्रतिपादन कनुको खारेजी र त्यो प्रकारका चिन्तनबाट ग्रस्त मानसिकताका राजनीति पार्टी नेतृत्वको अनिवार्य बिसर्जन र निशेध जरुरी छ ।

प्रतिक्रियाहरु

[anycomment]