झरीले लाखौं ईटा नोक्सान
काठमाडौं, २७ माघ । विहीवारदेखि परेको माघे झरीले भक्तपुरका ईटा व्यवसायीहरुको लाखौं ईटा नोक्सान भएको छ । व्यवसायीहरुले काँचो ईटा क्षति हुदाँ करिव १२ करोड चालीस लाख रुपैयाँ बराबरको ईटा नोक्सान भएको बताएका छन । भक्तपुरमा संचालित ६२ वटा ईटा भट्टामा तयार भएको करिव ३ करोड ७२ लाखकाँचो ईटा क्षति भएको भक्तपुर ईटा व्यवसायी संघको भनाई छ । ईटामा परेको क्षतिका कारण ईटा भट्टाहरु बन्दहुने अवस्थामा पुगेको भक्तपुर ईटा व्यवसायी संघका अध्यक्ष नातीभाई ह्योम्बाले बताए । ईटाको मूल्य बढाउने विषयमा भने ईटा व्यवसायी महासंघसंग छलफल भइरहेको भक्तपुरका व्यवसायीहरुले बताएका छन । भक्तपुरको ताथली, सुडाल, छालिङ र झैखेलमा अहिले ईटा भट्टाहरु सञ्चालनमा छन ।