नेविसंघका अध्यक्ष महरद्वारा राजीनामा
काठमाडौं, २८ माघ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका हुन्। पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले सोमबार पदबाट राजीनामा दिएका हुन् । अध्यक्ष महरले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सभापति शेरबहादुर देउवालाई राजीनामा दिएका हुन् ।