दसवर्षे जनयुद्धको मुख्य नेतृत्व फासीवादी सत्ताको मतियार – हस्तबहादुर केसी
यही २०७५ साल फागुन १ महान् दस वर्षे जनयुद्धले २३ वर्ष पूरा गरेर २४ वर्षमा प्रवेश गर्दैछ । यस वर्षको फगुण १ गते विगत वर्षहरू भैंm क्रान्तिकारी धाराका माओवादी क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूले आ–आफ्नो विशेषतामा २४ ओं जनयुद्ध दिवस भव्य र धुमधामका साथ मनाउने तयारी गरिरहेका छन् ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)द्वारा सञ्चालन गरिएको महान् दस वर्षे जनयुद्ध नेपाली समाजको समग्र युद्ध थियो । किनकि सामन्तवाद र साम्राज्यवादको आडभरोसामा टिकेको राजतन्त्रात्मक बहुदलीय प्रक्रियावादी राज्यसत्तालाई ध्वंस पारी त्यसको ठाउँमा जनताको जनवादी राज्य व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ महानु जनयुद्धको थालनी गरिएको थियो । त्यस दसवर्षे जनयुद्ध नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायत हरक्षेत्रमा आमूल परिवर्तन गर्ने उद्देश्यका साथ २०५२ साल फागुन १ गते व्यापक तयारी र पूर्व सचेतताका सात सुरु गरिएको थियो ।
कम्युनिष्ट पार्टीमा सामुहिक नेतृत्व हुने पद्धति र प्रचलन भएपनि तत्कालीन नेकपा (माओवादी)का महामन्त्री पृष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य नेतृत्व गरेका थिए । २०५७ सालमा सम्पन्न नेकपा (माओवादी)को दोस्रो राष्ट्रिय सम्मेलन पनि प्रचण्डलाई नै अध्यक्षमा निर्वाचित गरेर पार्टी नेतृत्व सुम्पेको थियो र ऐतिहासिक दस वर्षे जनयुद्धको नेतृत्व पनि उनै प्रचण्डले नै हाँकेका थिए ।
सर्वविधितै कुरा हो, त्यस महान् दस वर्षे जनयुद्धको प्रक्रियामा करिब दशैं हजार नेपाली आमाका असल तथा आँटि छोराछोरीहरूले शाहदात प्राप्त गरेका थिए । हजारौं नेपाली नागरिकलाई तत्कालीन प्रतिक्रियावादी सत्ताले ज्यान विपत्ता पारेको थियो, जो अहिलेसम्म पनि उनीहरूलाई सार्वजनिक गरिएको छैन । हजारौंको संख्यामा नेपाली नागरिकलाई राज्यले अपांग र घाइते तुल्याई दिएको थियो, जसले अहिलेसम्म पनि कष्टपूर्ण जीवन बिताउन बाध्य भइरहेका छन् ।
सन्तुलन र प्रत्याक्रमणको प्रक्रिया हुँदै विजयको नगिज पुगिसकेको महान् जनयुद्ध २०६२ असोज– कार्तिकमा सम्पन्न चुनवाङ बैठकले दीर्घकालीन जनयुद्धको कार्यदिशा र कार्यक्रमलाई स्थगित गरेर पूँजी वादी संसदीय ‘लोकतान्त्रिक गणतन्त्र’ कार्यदिशा अख्तियार ग¥यो र २०६२ कार्तिक ७ गते भारतको राजधानी नयाँ दिल्लीमा तत्कालीन संसदीय राजनीतिक दलहरूका बिचमा १३ बुँदै सम्झौता गरेर निरंकुश राजतन्त्रलाई अन्त्य गरेर खुला राजनीतिमा प्रवेश गर्ने नीति अख्तियार ग¥यो ।
यो पनि सर्वविधितै कुरा हो कि महान् जनयुद्धको जगबाट उठेको २०६२÷२०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनको २०६३ वैशाख ११ गते निरंकुश राजा ज्ञानेन्द्र शाहलाई घुँडा टेकायो र उनले संसद्को पुर्नःस्थापना गरिदिएपछि आन्दोलन समाप्त पारियो र काँग्रेस–एमालेहरू सत्तासिन बन्न पुगे भने त्यसपछि माओवादी पनि खुला राजनीतिमा आयो ।
काँग्रेस–एमालेको दबाबमा र साम्राज्यवादी तथा विस्तारवादीहरूको योजना र निर्देशनमा माओवादी पार्टीले २०६३ साल असार ८ गते महान् दसवर्षे जनयुद्धको प्रक्रिया र नेपाली जनताको रगत र पसिनाले आर्जेका स्थानीय जनसत्ताहरू, जनअदालतहरू र जनसरकारको विघटन गर्न सात राजनीतिक दलहरू, मुख्य गरी काँग्रेस र एमालेसित सम्झौता गर्न पुग्यो र महान् दस वर्षे जनयुद्ध लडेर आएको जनमुक्ति सेनालाई संयुक्त राष्ट्रसंघको अनमिन मिशनको नियन्त्रणमा ७ वटा मुख्य र २१ वटा सहायक गरी २८ वटा क्यान्टोनमेन्टमा राख्न सहमति भयो । यी सबै कार्यहरू माओवादीलाई जनयुद्धबाट झिकेर संसदीय व्यवस्थामा हुलिदिने योजनाबद्ध षडयन्त्र थियो, त्यस षडयन्त्रमा दश वर्षे जनयुद्धको नेतृत्व गरेर आएको प्रचण्ड गुट फस्दै गयो । जे–जे देशी विदेशी शक्तिहरूले भन्दछन् त्यही गर्दै अगाडि बढ्यो प्रचण्ड गुट ।
२०६३ साल मंसिर ५ गते तत्कालीन नेपाल सरकार र नेकपा (माओवादी) का बीचमा सशस्त्र जनयुद्धलाई सदाका लागि समाप्त गरी तयार पारिएको २३ बुँदे सम्झौतामा माओवादी तत्कालीन अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेर दस वर्ष पहिलेदेखि चल्दै आएको सशस्त्र जनयुद्धलाई समाप्त पारेर माओवादी आन्दोलनलाई शान्तिपूर्ण ढंगले संसदीय व्यवस्थामा सरल ढंगले अवतार प्रचण्डका हातहरूबाट गराइयो ।
तत्कालीन सात संसदवादी राजनीतिक दलहरू र तत्कालीन नेकपा (माओवादी)को सहमतिमा २०६३ माघ १ गते अन्तरिम संविधान जारी गरियो र २०६३ साल माघ १ गतेबाट ८३ संख्या सांसदहरूलाई लिएर माओवादी पार्टी पहिलो पटक सिंहदरबारमा छि¥यो ।
त्यसै प्रक्रिया अन्तर्गत २०६३ साल चैत १८ गते तत्कालीन नेकपा (माओवादी) तत्कालीन नेपाल काँग्रेस र नेकपा (एमाले) सहितको संयुक्त सरकारमा सामेल हुन पुग्यो ।
पार्टीको घोषित पूर्व निर्णय र माग बमोजिम २०६४ साल चैत २८ गते पहिलो संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न भयो त्यस निर्वाचनबाट सबैभन्दा ठूलो राजनीतिक दलको रूपमा माओवादी पार्टी संसद्मा उपस्थित हुन सफल भएपछि प्रचण्डको नेतृत्वमा नौं महिने सरकार पनि सञ्चालनमा आयो ।
अतः महान् दस वर्षे जनयुद्धले ८० प्रतिशत भू–भाग ओगटी सकेको थियो र सिंगो नेपाल माओवादीमय बनिसकेको थियो, जसका कारण विश्वभरका भाइचाराहरूमा एउटा उत्साह र भरोसाको, सञ्चार भएको थियो भने नेपाली जनता महान् नेपाली क्रान्तिप्रति आशावादी बनिसकेका थिए र नेपाली काँग्रेस र एमालेले लगायतका संसदवादी एवम् प्रतिक्रियावादी शक्तिहरू थर्कमान भइरहेका थिए ।
यसरी महान् दस वर्षे जनयुद्धको नेतृत्व गरेर आएको र छोटै अवधिमा जनताको आशा र भरोसाको केन्द्र बन्न सफल भएको माओवादी जनयुद्धको मुख्य नेतृत्वको रूपमा रहँदै आएको माओवादी पार्टी र आन्दोलन भित्रको प्रचण्ड गुट कसरी यति छिटै चरम अवसरवादी एवम् प्रतिक्रियावादीहरूको चाहना, इच्छा, आकांक्षा, योजना, षडयन्त्र र ग्राण्डडिजाइनमा पश्चगामी एवम् प्रतिक्रियावादी संविधान बनाउन मुख्य भूमिका खेल्दै आज आएर केपी शर्मा ओलीले नेतृत्व गरेको सामाजिक फासिवादी सरकारको देश महान् नेपाली नयाँ जनवादी एवम् वैज्ञानिक समाजवादी कार्यदिशा । कार्यक्रम लिएर महान् नेपाली क्रान्तिको नेतृत्व गरिरहेका माओवादी आन्दोलनका मूलधारका मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व गरेको नेकपा लगायतका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूमाथि भीषण दमनचक्र चलाउन र साम्राज्यवादी तथा विस्तारवादीहरूको ग्राण्डडिजाइनमा महान् नेपाली क्रान्तिलाई नेपाली धर्तीबाट समाप्त पार्ने षड्यन्त्र गरिरहेको ओली नेतृत्वको सामाजिक फाँसीवादी सरकारको मतियार बन्न पुगेको छ भन्ने विषयमा बिनापूर्वाग्रह बिनाढाग्रह भएर निश्पक्ष ढंगले अध्ययन, अनुसन्धान गर्न जरुरी त, अति आवश्यक छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी अध्यक्ष बनेका छन् । दस वर्षे जनयुद्धको प्रक्रियामा जनयुद्धको डिजाइन गर्ने, जनमुक्ति सेनाको निर्माण र परिचालन गर्ने जिम्मेवारी बहन गरेर आएका रामबहादुर थापा ‘बादल’ ले गृह मन्त्रालय सम्हाल्दै आएका छन् सत्तामा पुगेदेखि नै क्रान्तिकारी कम्युनिष्टहरु प्रति भीषण दमन चलाइरहेका छन् । यी सबै कार्यहरू देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूको इशारा र निर्देशनमा तथा नेपाली क्रान्तिलाई नेपाली धर्तीबाट समाप्त पार्ने षडयन्त्रका साथ भइरहेको यथार्थ आज दिनको घाम जतिकै छर्लङ्ग भइरहेको छ ।
महान् दस वर्षे जनयुद्ध कै समयमा तत्कालीन नेकपा (एमाले)ले नेपाली काँग्रेस लगायतका प्रतिक्रियावादी शक्तिहरूलाई हतियार बनाएर, उनीहरूलाई अगाडि सारेर साथै उनीहरूलाई उक्साएर साथै विविध प्रकारको सहयोग गरेर माओवादीहरूलाई समाप्त पार्ने र नेपाली क्रान्तिलाई समाप्त पार्ने षडयन्त्रमा लागेकै हो । यो कुरा सबैलाई थाहा भएकै कुरा हो कि २०५८ साल मंसिर ११ गतेदेखि माओवादी जनयुद्धलाई समाप्त पार्ने उद्देश्यले तत्कालीन नेपाली काँग्रेसको देउवा सरकारले देशभरि संकटकालको घोषणा गरेर देशव्यापी रूपमा शाही नेपाली सेना परिचालन ग¥यो । यसलाई तत्कालीन नेकपा (एमाले) समर्थन ग¥यो । यति गरेर पनि माओवादी आन्दोलन समाप्त हुनुको सट्टा झनै मौलाएर अगाडि बढ्यो । त्यस यसलाई तत्कालीन नेकपा (एमाले) समर्थन ग¥यो । यति गरेर पनि माओवादी आन्दोलन समाप्त हुनुको सट्टा झनै मौलाएर अगाडि बढ्यो । त्यसपछि नेपाली काँग्रेसको देउवा सरकारले माओवादी जनयुद्ध नाम निशाना नै नराख्ने उद्देश्यले माओवादीका नेताहरूको टाउकोको मूल्य तोक्यो र माओवादीका नेताहरूको टाउको काटेर ल्याउने व्यक्तिलाई रु. ५००००००।–(पचास लाख) सम्म पुरस्कार दिने निर्णय ग¥यो । यसमा तत्कालीन संसद्मा नेकपा (एमाले) खुसी भएर हाँस्दै ताली पट्काएर समर्थन ग¥यो र प्रतिक्रियावादी अरुलाई अगाडि लगाएर हुन्छ कि, अन्य सहयोग गरेर भएपनि प्रशासनिक बलबाटै माओवादी आन्दोलनलाई समाप्त पार्न देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूको गोटी बनेकै हो, हतियार बनेकै हो ।
अर्को सत्य के हो भने नेपाली क्रान्तिलाई समाप्त पार्ने सवालमा सत्तामा नेपाली काँग्रेस, नेकपा (एमाले) पुग्नुमा कुनै फरक थिएन । सत्ताको संवाद काँग्रेस वा एमालेले मध्य कसले खाने भन्ने मात्र थियो ।
पछिल्लो संसदीय चुनाव भन्दा पहिले माओवादी–एमाओवादी हुँदै नेकपा (माओवादी केन्द्र) बनेको बेला प्रचण्ड गुट नेपाली काँग्रेसको सरकारको नेतृत्व समेत गर्न पुग्यो र स्थानीयतहमा संयुक्त चुनाव लडेर केही लाभ पनि हासिल ग¥यो । प्रचण्डले आफ्नी छोरीलाई चितवनको भरतपुर महानगरपालिकाको मेयर बनाउन सफल भएर प्रचण्ड ।
नेपाली काँग्रेससँग नै चुनावी एकता गरेर प्रचण्डले आफ्नै गृह जिल्ला चितवन लगायत देशका कुनै पनि क्षेत्रबाट निर्वाचन जित्न नसक्ने अवस्थामा पुगेपछि प्रच काँग्रेसबाट भाग्न बाटो खोजिरहेका थिए ।
अर्कोतिर चरम अवसरवादी प्रचण्डको गुट काँग्रेस मै टासिरह्यो भने नेकपा (एमाले)को प्रदेश सभाहरू र संघीय संसदहरूमा पत्तासाफ भएर साँझविहानको दानापानी जुटाउन र पेट पाल्न नै धौ धौ हुने वाला थियो । त्यसो भएर दुबैलाई सत्ता चाहिएको र नेपाली काँग्रेसको साथले प्रच गुट नराम्ररी नांगिसकेकाले एमाले भित्र छिर्न उपाय खोज्दै गरेको बेला दुबैले ‘वाम एकता’नाटक गरेर चुनाव पछि पार्टी एकता गर्ने सर्तमा चुनावमा गए र चुनावबाट नेपाली जनतालाई वामपन्थी कम्युनिष्टहरूको सरकार बन्ला भनेर जनता झुक्किएर भोट खन्याइ दिएपछि करिब दुईतिहाई मत ल्याएर सरकार पनि बनाए ।
एकातिर कम्युनिष्टको सरकार भएको र समाजवाद उन्मुख सरकारले कार्यक्रम ल्याउने भूmठो नारा पनि दिए । त्यसपछि प्रचण्डले नेतृत्व गरेको नेकपा (माके)एमनलेमा विलय हुन पुग्यो । भन्न त पार्टी एकताको नारा पनि दिएका थिए । तर त्यो पार्टी एकता थिएन । पार्टी एकताका लागि त नीति, विचार, सिद्धान्त, कार्यक्रम, रणनीति, कार्यनीति आदिको आवश्यकता पर्दछ । तर उनीहरू सित कुनै विचार, सिद्धान्त, दृष्टिकोण, कार्यक्रम नै थिएन । थियो त बाँकी ऐतिहासिक झापा विद्रोहबाट भागेका झापाली भगौटाहरू र महान दस वर्षे जनयुद्धबाट थाकेर, विचलित भएर जनयुद्धबाट भागेका जनयुद्धका भगौटाहरूको जमघट मात्रै हो ।
त्यसो भएर वर्तमान डब्बल नेकपा महान् नेपाली क्रान्तिको निम्ति, नेपाली जनता, नेपाल राष्ट्रका लागि ज्यादै खतरनाक शक्तिका रूपमा देखापरेको छ । किनकि यो कम्युनिष्ट पार्टी पनि होइन, कम्युनिष्ट पार्टी हुनका निम्ति कम्तिमा पनि माक्र्सवादका आधारभूत सिद्धान्तहरूलाई अंगिकार गरेको हुनुपर्दछ । देश जनता, क्रान्तिप्रति इमानदार हुनुपर्दछ । त्यो केही पनि छैन यससँग । किन छैन भने डब्बल नेकपा न कम्युनिष्ट पार्टी, न त यो काँग्रेस पार्टी वा राप्रपा या मधेसवादी पार्टी नै यस पार्टीसँग कुनै वर्ग छैन । यो सर्वहारा वर्गको पार्टी पनि होइन । यो बुर्जुवा वर्गको पुँजीवादी वर्गको प्रतिनिधित्व गर्ने पार्टी नै हो । त्यसैले यो नेपालको राजनीति क्षेत्रको हिंजडा (ठिमाह) पार्टी हो । यसको कुनै पहिचान नै छैन ।
त्यही भएकै कारण यसको सरकाले न नेपाली चेलीबेटीको सुरक्षा र संरक्षण गर्न चाहनेको छ । न त यो सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न चाहेको छ । न त यसको सरकारले महंगी नियन्त्रण गर्न चाहेको छ । न त बेरोजगारी समाधान गर्न चाहेको छ, न त शिक्षा, स्वास्थ्यलाई राज्यको मातहतमा ल्याएर जनताको लागि सस्तो र शुलभ गर्न नै खोजेको छ ।
यसको जनता, राष्ट्रप्रति माया नै छैन । त्यसो भएर सर्वसाधारण जनताबाट चर्को कर असुली गर्ने र मोजमस्ति गर्न तिर लागेको छ । नातावाद, कृपावाद र फरियावादलाई अंगिकार गरेको छ । यसका सम्पूर्ण प्रदेश सभा र संघीय सभाका सदस्यहरूले निजी पिएका लागि जनताका छोराछारीलाई राख्नुपर्नेमा आफ्नै छोराछोरी, भाइ बहिनी, साला साली, नाता गोता मात्र राखेर मुलुकको ढुकुटी रित्याउन लाज मानिरहेका छैनन् ।
भ्रष्टाचारलाई मौलाउन हालेका छन् । घोषित भएका र जनताबाट नांगिएका महाभ्रष्टहरूलाई कारवाही गर्नुको सट्टा संरक्षण गरिरहेका छन् । शैक्षिक माफिया, कालाबजारिया, तस्कर, नाफाखोर, कमिशनखोर र हत्याराहरूको संरक्षक र नाइके बनेको छ यो ओली नेतृत्वको राष्ट्रघाति जनघाति सरकार ।
यो वर्गविहिन दक्षिणपन्थी, संशोधनवादीहरूको शक्ति भएकोले महान् नेपाली क्रान्तिलाई नेपाली धर्तीबाट समाप्त पार्न देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूबाट तयार पारेर खटाएर पठाएको हुनाले यो ओली नेतृत्वको सामाजिक फासीवादी सरकार क्रान्तिकारी माओवादी कम्युनिष्टहरूका लागि, महान् नेपाली नयाँ जनवादी तथा वैज्ञानिक समाजवादका ऐतिहासिक कार्यभार पूरा गर्ने गरी महान् क्रान्तिका परिस्थितिमा क्रान्तिकारी कम्युनिष्टहरू बढी होसियारीका साथ अगाडि बढ्न जरुरी छ ।
महान् दस वर्षे जनयुद्धको २४ औं जनयुद्ध दिवस भव्यताका साथ मनाउन गइरहेका माओवादी आन्दोलनका क्रान्तिकारी माओवादी कम्युनिष्ठ क्रान्तिकारीले यी सबै चुनौती र सम्भावनाहरूलाई सामना गर्न सक्ने शक्ति निर्माण गर्ने योजनाका साथ एकतावद्ध भएर अगाडि बढ्न अनिवार्य सर्त बनिसकेको छ । नेपाली जनताको माग र आशा पनि यही नै हो ।