हात्तीपाइले रोग नियन्त्रणमा चुनौति

२०७५ फाल्गुन ५ गते, आईतवार

काठमाडौं, ५ फागुन । राष्ट्रिय अभियानअन्तर्गत हात्तीपाइले रोग नियन्त्रणका लागि लमजुङमा सन् २००९ देखि २०१५ सम्ममा कार्यक्रम सञ्चालन गरिए पनि न्यूनीकरण भएको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार लमजुङमा अझै जोखिम रहेको भन्दै थप दुई वर्षका लागि अभियानलाई निरन्तरता दिइएको छ । नेपाल सरकारले सन् २०२० सम्ममा देशभर हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य राखेको छ । तर, लमजुङमा लक्ष्य पूरा गर्न कम्तिमा अझै ६ वर्ष लाग्ने भएको छ ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा अझै पनि २ दशमलव ५ प्रतिशतमा हात्तीपाईले रोगको जिवाणु भेटिएको छ । नेपाल सरकारले भने सो तथ्याङ्क १ प्रतिशतभन्दा कम गराउने लक्ष्य राखेको छ । लक्ष्यभन्दा बढी जोखिम देखिएपछि उपलब्धि हासिल हुन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रत्येक व्यक्तिसम्म औषधि नपुग्नु र विभिन्न डरत्रासका कारण सवैले औषधि प्रयोग नगर्नुले उपलब्धि हासिल गर्न नसकिएको स्वास्थ्यकर्मी बताउँछन् । लमजुङमा २०१६ मा गरिएको सर्वेक्षणमा हात्तीपाइले रोग प्रकोप दर ५ दशमलव ३२ प्रतिशत र २०१४ मा ५ दशमलव ६६ प्रतिशत थियो । नेपालमा हात्तीपाइले रोगको प्रकोप १३ प्रतिशत छ । लमजुङमा यस वर्ष फागुन १५ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदैछ ।
यसपटक जिल्लाका १ लाख ६६ हजार २ सय ८९ जनालाई औषधि खुवाउने लक्ष्य छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु