अखिल क्रान्तिकारीद्वारा भ्रष्टाचारी पाठकलाई कारबाही गर्ने उदघोष

काठमाडौं,५ फागुन । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त रामनारायण पाठकलाई सरकारले कारबाही नगरे आफ्नो संगठनले कारबाही गर्ने उदघोष गरेको छ । आज काठमाडौँ शान्तिबाटिकामा आयोजना गर्न लागिएको विरोध कार्यक्रम प्रहरी हस्तक्षेपका कारण त्रिचन्द्र कलेजमा गरिएको थियो । कार्यक्रममा अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य हर्क विकले भक्तपुरमा सञ्चालनमा रहेको नेपाल इन्जिनियरिङ कलेज सञ्चालक लम्बोदर न्यौपानेले आफ्नो निजी सम्पत्ति बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकलाई ७८ लाख रुपैयाँ घूस दिएको बताए । यस्ता भ्रष्टाचारीलाई राज्यले कारबाही नगर्ने हो भने सङ्गठनले भ्रष्टाचारीलाई कारबाही गर्ने चेतावनी उनले दिए । कार्यक्रममा अखिल (क्रान्तिकारी) पोखरा विश्वविद्यालयका संयोजक ललित विकले भ्रष्टाचारीहरूलाई कारबाही गर्नुको साटो राज्यले नै थप प्रोत्साहन दिएको भन्दै राज्यले आमनागरिक र राष्ट्रियताको रक्ष ागर्न नसक्ने हो भने नेकपाले गर्ने बताए ।