जनसरकारले कब्जा गरेका जग्गा हडप्न खोजिए कारबाही
काठमाडौँ, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले तत्कालिन नेकपा (माओवादी)ले जनयुद्धका क्रममा कब्जा गरेका सामन्तका जमिन बिक्रि बितरण नगर्न चेतावनी दिएको छ । २०५२ साल फागुन १ गतेबाट ससस्त्र युद्ध सुरु गरेको माओवादीको तत्कालिन जनसरकारले कब्जा गरेको जग्गा अहिले भूमाफियासँगको मिलेमतोमा बिक्रि वितरण गर्न सुरु गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले त्यस्तो कार्य नगर्न नगराउन सचेत गराएको हो ।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला जनपरिषद् मोरङका प्रमुख मिलिसियाले बिज्ञपती निकालेर तत्कालिन जनसरकारले कब्जा गरेका जग्गा कुनैपनि बहानामा बिक्रि वितरण नगर्न र गराउने कार्यमा नसघाउन चेतावनी दिएका छन् ।
उनले मोरङ जिल्लाभित्र बसोबास गर्ने सुकुम्बासि तथा तत्कालिन जनसरकारले कब्जा गरेका कुनै पनि जमिन बिक्रि गरिए या गर्न खोजिए कडा कार्वाहि गर्ने चेतावनी समेत दिएका छन् ।
बिज्ञप्तीमा तत्कालिन नेपाल कम्युनिसट पार्टी (माओवादी)ले नेपाली जनताको मुक्तिका निम्ती सन्चालन गरेका जनयुद्धका क्रममा निर्माण भएको जनसत्ताले लाखौ नागरिकहरुलाई विभिन्न ठाँउमा सामन्तले दर्ता गराई ओगटेका जमिनमा बस्तिहरु राखेको थियो, कतिपय जनताले झोडा फडानी गरेर आवाद गरेका जमिनहरु विभिन्न किसिमका जालसाझ गरी सामन्तहरुले आफ्नो नाममा दर्ता गरेर धनिपूर्जा मुठ्याएर बसेका ठाँउमा जनसमुदायहरु जनसत्ताको संरक्षकत्वमा निर्वाद आफ्नो जीवन गुजारा गर्दै आएका थिए, भने अन्य केहि सुकुम्बासिहरु अैलानी तथा खोलाका डिलहरुमा दशकौ बर्षदेखि कस्टकर जीवन बिताईरहेको भएपनि अहिले उक्त जग्गा विक्रिवितरण गर्ने सड्यन्त्र भईरहेको जनाईएको छ ।
बिज्ञप्तीमा भनिएको छ, तत्कालिन नेकपा (माओवादी)का केहि नेताहरु प्रतिक्रान्तिको नेतृत्व गरी दलाल संसदीय ब्यावस्थालाई पुनरस्थापना गराएपछि पुन बर्षौ अघिदेखि झोडा जंगल फडानि गरि बस्ती बसाएकाहरुलाई भूमाफियाको चलखेलमा केहिलाई आर्थिक प्रलोभन तथा केहिलाई अन्यत्र राम्रो स्थानमा जग्गाको पूर्जा दिलाईदिने प्रलोभनमा उठिबास गराउने तथा उक्त जग्गा भूमाफियाको चंगुलमा पारी बिक्रिवितरण गर्ने कार्य भईरहेको छ । भने अर्कोतर्फ अैलेनी जग्गामा रहेका सुकुम्वासिलाई जनपतिनिधीको नाममा विकल्पविहिन ढंगबाट उठिबास गराउने कार्य हुदैछ । यस्तो कार्य नरोकिए नेकपाको जनपरिसदले कार्वाहि गर्ने छ ।
जनअदालत र जनसरकार निर्माण गरेका तत्कालिन माओवादीले जनताको जग्गा किनबेच, रजिस्टेसन पास, साध सिमाना छुट्याउने, बिबाद मिलाउने लगायतका सबै काम गर्ने गर्दथ्यो । भने हाल विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले पनि अहिले पुरानै संरचना व्युताएर जनताका मुद्धा हेर्दै आएको छ ।
अहिलेसम्म जनपरिषदमा सयौ मुद्धाहरु परिसकेको सो पार्टीले जनाएको छ ।मोरङ्गमा पनि यस्तो थुप्रै मुद्धाहरु जनपरिषमा दर्ता भएको र एक एक गर्दै अनुसन्धानपछि कार्वाहि गर्ने र पिडित जनतालाई न्याय दिलाउने प्रमुख मिसायलले बताए । केहि दिन अघि मात्रै नकपाले ललितपुरको गोदावारी नगरपालीका स्थित दमाईडाँडामा पनि एकजना एकल महिलाको छिमेकीले हडपेको जग्गमा सिमाना छुट्याईदिएको थियो ।
नेकपाले ‘जनसंविधान र जनपपरिषद्’ घोषणा गरिसकेको छ भने ‘जनअदालत’ र ‘जनसेना’को परिकल्पनासहित राजनीतिक दस्तावेज तर्जुमा गरेर जनताको सत्ता बैज्ञानिक समाजवाद लागु गर्ने कार्यदिशा अघि सारेर एकिकृत जनक्रान्तिको यात्रा तय गरेको छ ।