पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय

२०७५ फाल्गुन ९ गते, बिहीबार

काठमाडौं, ९ फागुन । भ्रष्टाचार गरेको ठहर भए पछी चीनका पूर्वप्रधान सेनापति फाङ फेङघुईलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ। सैन्य अदालतले उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।
भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिसकेको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ। चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त भएका फाङ फेङघुईलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो। चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ। भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन्।

प्रतिक्रियाहरु

[anycomment]