कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठको निधन
काठमाडौं, ११ फागुन । पुराना कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठको ८७ बर्षकाे उमेरमा निधन भएको छ। नर्भिक अस्पतालमा उपचाररत श्रेष्ठको शनिबार दिउँसो काठमाडौंको शंखमुलस्थित निवासमा निधन भएको हो। कृष्णदास संगठक भन्दा मार्क्सवादी चिन्तक बढी थिए। कम्युनिस्ट आन्दोलनको चर्चित पुस्तक ‘द्वन्द्वात्मक भौतिकवाद’ का लेखक उनी सुरुदेखि कम्युनिस्ट पार्टीमा रहेर संगठन बनाउँदै हिँडेका थिए। काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा उनी कम्युनिस्टको जग हाल्ने नेता भएको थापा बताउँछन्।
१९८८ मा काठमाडौंको नरदेवीटोलमा निम्नमध्यम परिवारमा जन्मिएका कृष्णदासको बिहे वीरगञ्जकी महालक्ष्मी श्रेष्ठसँग भएको थियो। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले उनीहरूको बिहे गराइदिएका थिए। उनका एक छोरा सुनिलदास श्रेष्ठ छन्।
कृष्णदासका कम्युनिस्ट आन्दोलन र संस्कृतिबारे दुई दर्जन पुस्तक छन्। यस्तै दुई दर्जनजति अनवाद गरिएका पुस्तक छन्। उनी अंग्रेजी भाषाका राम्रा अध्यता पनि हुन्। पछिल्ला दिनमा उनी कम्युनिस्ट आन्दोलनबारे शब्दकोष लेखिरहेका थिए।
राणा शासनविरुद्ध आन्दोलन छेडेको नेपाल प्रजापरिषद्बाट राजनीतिक यात्रा सुरु गरेका उनले २०१० मा नेकपाको सदस्यता लिएका थिए। २०१३ देखि २०१७ सालसम्म उनी काठमाडौं जिल्ला सचिव थिए। तत्कालीन उत्तरगण्डक प्रान्तीय समिति अन्तर्गत बाग्मती अञ्चल समिति सचिवालय सदस्य थिए।
नेकपाको पहिलो महाधिवेशनमा भाग लिन नपाएका उनी दोस्रो महाधिवेशन र दरभंगा प्लेनममा प्रतिनिधिको रुपमा सहभागी थिए। तेस्रो महाधिवेशनपछि नेकपामा आएको दुई लाइन संघर्षमा उनी मार्क्सवाद, लेनिनवाद तथा माओ विचराधाराका पक्षमा देखिए।
२०३६ सलामा उनले नेकपा माले गठन गरी अध्यक्ष बने। संसदीय व्यवस्था पुनर्स्थापनापछि नेकपा मालेमा बनाएर अध्यक्ष भए।पछिल्लोपटक मोहन वैद्य किरणको पार्टीमा रहेका उनी वैचारिक मतभेदपछि स्वतन्त्र रहेका थिए। तर सबै कम्युनिस्ट धारासँग उनी बहस र अन्तर्क्रिया गर्न रुचाउँथे।