रारा तालमा पाँचतारे होटल बन्ने

२०७० भाद्र २० गते, बिहीबार


मुगु, २० भाद्र- रारा परियोजनाले तालको पश्चिमी छेउमा पाँचतारे अत्याधुनिक होटल निर्माणका लागि सम्भाव्यता अध्ययन थालेको छ । माथिल्लो मिलीचौरमा पर्यटक सुविधाका लागि ‘सान्स फर एक्युम’ होटल खोल्न लागिएको हो ।परियोजनाले आइतबार वातावरणीय प्रभाव मूल्यांकनका विषयमा सरोकारवाला रारा राष्ट्रिय निकुञ्ज कार्यालय, मध्यवर्ती क्षेत्रभित्रका समुदायसँग छलफल गरेको छ । ‘निकुञ्जभित्र तारे होटल खोल्दा वातावरणमा कस्तो असर पर्छ भनेर छलफल चलाएका हौं,’ वातावरण परामर्शदाता रमेश भट्टले भने ।प्राकृतिक सुन्दरताले भरिपूर्ण रारामा अहिलेसम्म कुनै भौतिक संरचना छैन । यसले पर्यटकले असजिलो महसुस गर्दै आएका छन् । त्यसैले जतिसक्दो चाँडो तारे होटल निर्माण गर्न सरोकारवालाले परियोजनालाई सुझाव दिएका छन् । ०६६ सालयता परियोजनाले होटल निर्माणका लागि दुई पटक वातावरणीय अध्ययन गरिसकेको छ । ‘यो अन्तिम पटक हो,’ भट्टले भने, ‘अब विज्ञ टोलीसित छलफल गरी काम अगाडि बढाउने छौं ।’विज्ञ टोलीको सुझाव र वातावरणीय मूल्यांकन वन मन्त्रालयमा पेस गर्ने र त्यसले सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरी काम सुरु गर्ने उनले जानकारी दिए । होटलका लागि परियोजनाले करिब ४ अर्बको बजेट बनाएको छ । समुद्री सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइ निर्माण हुने उक्त होटलले २ सय हेक्टर ओगट्ने छ । भवनहरू ३ देखि ४ तलाका रहने र प्रत्येक भवन २ हजारदेखि २ हजार ५ सय वर्गफिटमा निर्माण हुने परियोजनाले जनाएको छ ।मुगु, २० भाद्र- रारा परियोजनाले तालको पश्चिमी छेउमा पाँचतारे अत्याधुनिक होटल निर्माणका लागि सम्भाव्यता अध्ययन थालेको छ । माथिल्लो मिलीचौरमा पर्यटक सुविधाका लागि ‘सान्स फर एक्युम’ होटल खोल्न लागिएको हो ।परियोजनाले आइतबार वातावरणीय प्रभाव मूल्यांकनका विषयमा सरोकारवाला रारा राष्ट्रिय निकुञ्ज कार्यालय, मध्यवर्ती क्षेत्रभित्रका समुदायसँग छलफल गरेको छ । ‘निकुञ्जभित्र तारे होटल खोल्दा वातावरणमा कस्तो असर पर्छ भनेर छलफल चलाएका हौं,’ वातावरण परामर्शदाता रमेश भट्टले भने ।प्राकृतिक सुन्दरताले भरिपूर्ण रारामा अहिलेसम्म कुनै भौतिक संरचना छैन । यसले पर्यटकले असजिलो महसुस गर्दै आएका छन् । त्यसैले जतिसक्दो चाँडो तारे होटल निर्माण गर्न सरोकारवालाले परियोजनालाई सुझाव दिएका छन् । ०६६ सालयता परियोजनाले होटल निर्माणका लागि दुई पटक वातावरणीय अध्ययन गरिसकेको छ । ‘यो अन्तिम पटक हो,’ भट्टले भने, ‘अब विज्ञ टोलीसित छलफल गरी काम अगाडि बढाउने छौं ।’विज्ञ टोलीको सुझाव र वातावरणीय मूल्यांकन वन मन्त्रालयमा पेस गर्ने र त्यसले सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरी काम सुरु गर्ने उनले जानकारी दिए । होटलका लागि परियोजनाले करिब ४ अर्बको बजेट बनाएको छ । समुद्री सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइ निर्माण हुने उक्त होटलले २ सय हेक्टर ओगट्ने छ । भवनहरू ३ देखि ४ तलाका रहने र प्रत्येक भवन २ हजारदेखि २ हजार ५ सय वर्गफिटमा निर्माण हुने परियोजनाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार