सुन प्रति तोला ६२ हजार ४ सय
काठमाडौँ, १६ फागुन । नेपाल सुनचांदी ब्यबसायी महासंघले आज छापावाल सुन प्रति तोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको जनाएको छ । छापावाल सुन सोमबार प्रति तोला ६२ हजार ७ सय रुपैयामा कारोबार भएको थियो भने मंगलबार प्रति तोला ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार प्रति तोला ६२ हजार ६ सय रुपैयामा कारोबार भएको थियो । बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला ६२ हजार १ सय रुपैया तोकिएको छ ।
त्यस्तै बिहिबार चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रति तोला ७ सय ८० रुपैयामा कारोबार भएकोमा बुधबार भने तोलामा ५ रुपैयाले घटेर प्रति तोला ७ सय ७५ रुपैयामा कारोबार भएको थियो, बिहिबार पनि चाँदी अघिल्लो दिनकै मुल्यमा कारोबार भैरहेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।