प्रधानसेनापति राणा बेलायत जादै

२०७० भाद्र २१ गते, शुक्रबार

काठमाडौं, २१ भदौ : प्रधानसेनापति गौरवशम्शेर जबरा आज बेलायतको सप्ताहव्यापी भ्रमणमा निस्कदै छन्।संयुक्त अधिराज्यका सेनाध्यक्ष सर पिटर वालको औपचारिक निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् । नेपाल र बेलायतबीचको आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले प्रधानसेनापति भ्रमणमा जान लागेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भ्रमणबाट दुई देशका सेनाबीचको मित्रता, सद्भाव तथा आपसी सहयोगले निरन्तरता पाउने विश्वास नेपाली सेनाले लिएको छ । यसअघि उनी छिमेकी राष्ट्र भारत तथा चीनको भ्रमणमा गएका थिए ।
यसैबिच प्रधानसेनापति जबराले सहायक रथीबाट उपरथी दर्जामा पदोन्नती भएका ३ जना सहायक रथीलाई जंगी अड्डामा आयोजित एक बिशेष समारोहकावीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् । सहायकरथीबाट उपरथीमा पदोन्नती भएका पद्म बिलाश कार्की, विजय मोक्तान र हिमालय थापालाई चिन्ह प्रदान गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु