नेकपाका गुल्मी सेक्रेटरी गिरफ्तार
काठमाडौं, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका गुल्मी सेक्रेटरी खिमबहादुर खड्कालाई बाटोमा हिड्दै गर्दा तम्घासबाट गिरफ्तार प्रहरीले गरेको छ । सेक्रेटरी खड्कालाई बिना कारण गिरफ्तार गरेको भन्दै नेकपाका जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहले प्रेस विज्ञप्ति प्रकाशित गर्दै आपत्ति जनाएका छन् । उनले सेक्रेटरी खड्कालाई बिनासर्त तत्काल रिहाइको माग गरेका छन् । उनले आफ्नो पार्टीका सेक्रेटरी खड्कालाई रिहा नगरे प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् ।