फर्निचर उद्याेगमा भीषण आगलागी

२०७५ फाल्गुन २० गते, सोमबार

काठमाडौं, २० फागुन । मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा रहेकाे राजु श्रेष्ठले सञ्चालन गर्दै अाएकाे श्रेष्ठ फर्निचर तथा काष्ठ उद्याेगमा विद्युत् सर्ट भई भीषण अागलागी भएकाे छ । गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे बल्ल नियन्त्रणमा ल्याइएकाे छ । भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचरमा रहेका स्वदेशी तथा विदेशी फर्निचर, मेशिन, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थ लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएकाे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार फर्निचर उद्याेगमा करिब रु ६ करोड बराबरको क्षति भएको छ । उद्योगमा रहेका सम्पूर्ण तयारी फर्निचर, मेशिन तथा कच्चा पदार्थ जलेर नष्ट भएका छन् । साे आगलागीबाट फर्नचर शो-रुम, गोदाम घर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडालगायत सबै सामग्री जलेका छन् । अागलागीबाट श्रेष्ठ बस्दै अाएकाे घरमा तथा सँगै रहेको दुर्गा श्रेष्ठको घरमा सञ्चालित मङ्गल श्रेष्ठको आइसक्रिम फ्याक्ट्री, प्रदीप सिलवालको घरमा समेत केही क्षति पुगेको पुगेको जनाइएकाे छ ।
प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार भक्तपुर बारुणयन्त्र, ललितपुर, काठमाडौँ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका गरी ६ वटा दमकल, स्थानीय बासिन्दालगायतको सातवटा पानी ट्याङरको सहयोगमा आज बिहान ४ बजे मात्र आगो नियन्त्रणमा लिन सकिएकाे थियाे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु