आज ४६ औँ सुखानी शहीद स्मृति दिवस

२०७५ फाल्गुन २१ गते, मंगलवार

काठमाडौं, २१ फागुन । आज ४६ औँ सुखानी शहीद स्मृति दिवस , कम्युनिष्ट आन्दोलका बेला इलामको माइनगरपालिकाको सुखानी जंगलमा लगेर पञ्चायती व्यवस्थाविरुद्ध मोर्चाबन्दी गरेको भन्दै तत्कालीन पञ्चायती शासकले नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई हत्या गरेका थिए । २०२८ सालमा उनीहरुलाई पञ्चायत सरकारले पक्राउ गरेर झापाको चन्द्रगढी कारागारमा राखेको थियो । त्यपछि अर्को वर्ष २०२९ साल फागुन २१ गते आजकै दिन इलाम कारागार सार्ने बहानामा पाँचजनाको हत्या गरिएको थियो । साेही दिनकाे सम्झनामा नेकपा नेताहरुले सुखानी स्मृति दिवस मनाउँदै आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु