काइली जेनर विश्वकै सबैभन्दा कान्छी अर्बपति

काठमाडौं , २२ फागुन । अहिलेसम्म कै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन् । अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी हुन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन् । उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गर्न सफल भएको थियो । उनी चर्चित कार्ड्याशियन परिवारकी सदस्य पनि हुन्।
एक्काइस वर्षमै अर्बपतिको सूचीमा पर्दा उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई पनि उछिनेकी छन्। कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए । जेनरले फोर्ब्सलाई भनिन्, मैले यस्तो केही अपेक्षा गरेकी थिइन । मैले भविष्यको यस्तो लक्ष्य पनि राखेकी थिइन।
फोर्ब्सको गणनामा परेका दुई हजार एक सय ५३ धनी व्यक्तिमध्ये २५२ जना महिलाहरू छन्। आफ्नै पौरखमा सबैभन्दा धनी महिला भने चीनकी प्रभावशाली घरजग्जा व्यवसायी वू याजुन छिन्। उनको सम्पत्ति झन्डै ९.४ अर्ब डलर रहेको बताइन्छ। आफ्नै प्रयासमा अर्बपति हुने त्यस्ता महिलाको सङ्ख्या पहिलो पटक सबैभन्दा धेरै ७२ पुगेको थियो जुन गतवर्ष ५६ थियो।-एजेन्सी