भारतमा आम निर्वाचन !
काठमाडौं, २६ फागुन । विश्वकै सबैभन्दा ठुलो प्रजातान्त्रीक मुलुक भारतमा हुन लागेकाे आम निर्वाचनको मिति आज घोषणा हुने भएको छ ।
पाँच बर्षको सरकारका लागि यो निर्वाचन हुन लागेको हो । निर्वाचन मिति तय भएपछि यो मतदानमा अर्बैको सहभागिता रहनेछ । भारतको निर्वाचन अयोग कार्यलयले आज पत्रकार समेलन गरेर मिति घोषणा गर्न लागेको हो । भारतको संविधान अनुसार तल्लो सदनमा ५४३ जना सांसद निर्वाचित हुने छन् । यो निर्वाचनपछि भारतमा फेरी पाँच बर्षका लागि नयाँ संसद र सरकार गठन हुनेछ । भारतभर दुई सय बढी पार्टीहरुले निर्वाचनमा सहभागिता जनाएपनि बिशेष गरेर यो निर्वाचनमा नयाँ सरकारका निर्माणका लागि अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेस अध्यक्ष राहुल गान्धीबीच कडा प्रतिश्पर्धा हुने देखिएको छ । यसअघि सन् २०१४ मा भएको निर्वाचनमा बहुमत प्राप्त गरी भारतीय जनता पार्टी भाजपा का नेता मोदी प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।
हिन्दु राष्ट्रवादी मुद्धा, मोदीको व्यक्तिगत लोकप्रियता, आकर्षक चुनावी नारा, पाकिस्तानसँगको लडाईलगायतका कारणले मोदीले निर्वाचन आफ्नो पक्षमा पार्ने आकर्षणहरु हुन् भने भारतको राजनीतिमा लामो समयदेखि प्रभावशाली परिवारको रुपमा रहेको गान्धी परिवारका नयाँ उत्तराधिकारी राहुलसँग बाल्यकालमा चिया बेचेका मोदीको प्रतिश्पर्धा रोचक हुने अपेक्षा गरिएको छ ।